काठमान्डौ, नेपाली सिने क्षेत्रका दुई कलाकारहरु अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको सहमतिमै ब्रेकअप भएको खुलासा भएको छ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह गर्ने तयारीमा थिए तर अभिनेता सौगात मल्लले विवाहको तयारी नभएको बताएका छन।उता अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो। ‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएको अभिनेता सौगातले पुष्टि गरेका छन्।
‘बिहेको कुरा प्रेसर भएर पनि आएको होला। हामीले प्रेम सम्बन्धमा रहेको खुलासा गरेपछि बिहे कहिले गर्ने भन्ने प्रश्न धेरै आउन थाल्यो। यसैक्रममा अब छिट्टै बिहे गर्ने भनेका हौ तर बिहे नै गर्ने भनेर तयारी नगरेको उनले बताए।
अभिनेता मल्ल पशुपति प्रसाद २: भष्मे डन' को छायांकनमा व्यस्त रहेका छन भने यसैवर्ष सौगात र सृष्टि अभिनीत फिल्म ‘माइकल अधिकारी’ र 'राधा' प्रदर्शन भएका छन।