काठमाण्डौ, कुनैबेला नेपाली रियालीटी 'सो'को अडिसनबाट निकालिएका गायक बाबुल गीरी नेपाली चलचित्रको 'छक्का पञ्जा -४' को सिरुपाते जुँगामा बोलको गीतबाट हिट गायक बन्न सफल भएका छन।
भनिन्छ नि बैगुनीलाई गुणले मार्नुपर्छ हो त्यस्तै कुनैबेला गायक रामकृष्ण ढकाल निर्णायक रहेको नेपाली तारा नामक गायन रियालीटि 'सो' मा अडियसन दिन गएका बाबुल गिरि निकालिएका थिए।उक्त 'सो' मा गायक रामकृष्ण ढकाल गीतलाई सहि ढंगबाट प्रस्तुती दिन नसकेको भन्दै निकाली दिएका थिए ।निर्णायकले गीतको ताल स्वर नमिलेको भन्दाभन्दै उनले अनावश्यक तर्क गर्दै ढिपी गरेर उल्टै जवाफ सवाल गरेको विभिन्न भिडियो क्लिपमा देख्न सकिन्छ।
यतिबेला भने उनै निकालिएका बाबुल गिरीले स्वर संगित दिएको नेपाली चलचित्र छक्का पञ्जा-४ को सिरुपाते जुंगामा बोलको गीत हिट भएको छ भने पछिल्लो समय यहि गीतमा उल्लेख्य रुपमा टिकटक बनेका छन।
गायक बाबुल गिरीले त्यो अडियसनमा ब्यहोर्नु परेको अपमानले यदि सानो मुटु भएको मान्छे भए आत्महत्या समेत गर्थ्यो तर मैले गर्न सकिन उनले भन्छन।त्यसैगरी त्यतिबेला निर्णायक प्रती गरेको आफ्नो व्यबहार ठिक नभएको बताउदै गुरुहरु संग त्यसरी बिबाद गर्नु आफ्नै गल्ती भएको समेत बताएका छन।