नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै आउनु भएकी साहित्यकार तारा घिमिरेद्वारा ढाकाटोपी दिवसको अवसरमा लेखिएका केही 'कोपिला डाली' यस प्रकार रहेका छन।
१
ढाका टाेपी ढल्क्यो शिरैमा
ढाका टाेपी सान हो, नेपाली पहिचान हो
नेपाली पन झल्क्यो शिरैमा
२
नेपालीलाई कति सुहाउने
दौरा सुरुवाल साथमा , ढाका टाेपी माथमा
गोर्खालीलाई अति सुहाउने
३
नेपालीको हुन्छ माथमा
सगरमाथा झुक्दैन ,ढाका टाेपी लुक्दैन
जहाँ पुगे नी हुन्छ साथमा
४
लोभ र पाप छैन मनमा
सर्वोच्च झैँ अग्लो छ गङा जल झैँ सङ्लो छ
खन्याउछौ परिश्रम धनमा
५
पहिचान छ ढाका टाेपीको
नेपाली पन भुल्दैनौ ,बिना काम डुल्दैनौ
बलीदान छ ढाका टाेपीकाे
तारा घिमिरे सङ्खुवासभा