काठमाण्डौ,गोकर्णेश्वर नगरपालिकामा पिपल चौतारी महिला समाजको आयोजनामा संचालित १० दिने उद्घोषण तालिमको समापन जोरपाटी स्थित तेज चौतारी मलको सभाहलमा सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं ५ को सहयोगमा संचालित दश दिने तालिम समापन कार्यक्रमको सभा अध्यक्षता पिपल चौतारी महिला समाजकी अध्यक्ष सिता पुरी तथा बिशेष अतिथिमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा रहेकी थिईन।अन्य उपस्तिथिहरुमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,तालिममा सहभागी महिला दिदीबहिनीहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो।

गत बैशाख २१ गते शुरु भएको उक्त उद्घोषण तालिम कुशल प्रशिक्षक यसोदा ढुङ्गेलद्वारा प्रशिक्षण दिइएको थियो।संगिता तामाङ द्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तब्य सुप्रीम तामाङले दिएकी थिईन।चालीस जना भन्दा बढी स्थानिय महिला प्रशिक्षार्थीहरू रहेका थिए।दस दिने तालिम पश्चात् सबैले प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।
कार्यक्रमका विशेष अतिथि तथा उप प्रमुख सान्ननी लामाले आफ्ना बिगतका संघर्ष उतारचढाव, भोगेका दुख पीडा,पहिचान बिहीन भएर बाच्नुपरेका दिनहरूको स्मरण गर्दै आन्दोलन र सिकाइबाट अहिलेको स्थान सम्म आईपुगेको बताईन।त्यसैले आफुलाई कमजोर सोच्न नहुने र सिकाइलाई उमेर जात धर्मले कुनै प्रभाव नपार्ने बताउदै सिकेका कुराहरु पुर्ण रुपमा आफ्नो दैनिक जीवनमा लागू गर्न अनुरोध गरेकी थिइन।उनले यो दश दिने उद्घोषण तालिमले पुर्ण नभएको खन्डमा महिला दिदीबहिनीहरुको लागि आउँदो आर्थिक बजेयमा लाखौ बजेटको बन्दोबस्त गरिदिने प्रतिबद्धता जाहेर गरेकी थिईन।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा संस्थाकी अध्यक्ष सीता पुरीले १० दिन सम्म निरन्तर रुपमा उद्घोषण तालिममा सहभागी महिला दिदीबहिनीहरुको, प्रशिक्षक,निमन्त्रणालाई सहस्र स्वीकार गरि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरु,आर्थिक सहयोग गर्नु हुने गोकर्णेश्वर नगरपालिका लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन।