अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको भारत शाखा र युवा क्लब सप्तरङ्गीद्वारा मुटुरोगी बिकलाई आर्थिक सहयोग हस्तान्तरण अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत र रोल्पा त्रिवेणी गाउँपालिका वडा ७ को युवा क्लब सप्तरङ्गीले मुटुरोगी निम बहादुर बिक लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
"मातृभूमीको लागी विश्व़भरी छरियर रहेका सम्पूर्ण रोल्पालीहरू गोलवन्द होऔ" भन्ने मुख्य नारा बोकेर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज यतिखेर देश तथा बिदेशमा आफ्नो शाखा तथा उपशाखाहरु बिस्तार गर्दै देश बिदेशमा थुप्रै सामाजिक कामहरु गर्दै आइरहेको रोल्पालीहरुको साझा सामाजिक संस्था हो। रोल्पा त्रिवेणी गाउँपालिका ७ ढोरेनी निबासी तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत शाखाका सह-सचिव निम बहादुर बिकको मुटुमा समस्या आएर बिरामी पर्नुभएको थियो। उहाँको आर्थिक अबस्था कमजोर देखेर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत शाखाले आर्थिक सहयोग अभियान संचालन गरेर नेपाली रुपैयाँ - ६,७६,५४२/ (छ लाख छयत्तर हजार पाँच सय बयालीस) जम्मा गर्न सफल भएको थियो।उक्त रकम २०७९,चैत्र ५ गतेका दिनमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारतका अध्यक्ष दिल प्रसाद घर्ती,बरिस्ठ उपाध्यक्ष रबिलाल घर्ती,महासचिव नर बहादुर मरमथानी,प्रबक्ता वीर प्रसाद घर्ती तथा अन्य समाजसेवी ब्यक्तित्वहरुको प्रत्यक्ष उपस्थितिमा बिरामी निम बहादुर बिकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
त्यसैगरी रोल्पा त्रिवेणी गाउँपालिका वडा न .७ को युवा क्लब सप्तरङ्गीले पनि मुटुरोगी निम बहादुर बिकको आर्थिक अबस्था कमजोर देखेर आर्थिक सहयोग अभियान चलाएर नेपाली रुपैयाँ - ३०४,९१५/(तीन लाख चार हजार नौ सय पन्ध्र) जम्मा गर्न सफल भएको थियो र उक्त रकम २०७९,चैत्र ५ गतेका दिन सप्तरङ्गी कलबका अध्यक्ष टिका कल्पित मगर ज्यु लगाएत कार्यसमितिद्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत शाखा र रोल्पा त्रिवेणी गाउँपालिका वडा ७ को युवा क्लब सप्तरङ्गी सयुक्त अभियानबाट संकलित टोटल नेपाली रुपैया -९,८१,४५६/( नौ लाख एकासी हजार चार सय छपन्न) बिरामी निम बहादुर बिकलाई सहयोग गरिएको थियो।
यस अभियानलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी रोल्पाली तथा गैर रोल्पाली आमाबुवा,दाजुभाइ तथा दिदिबहिनीहरु, अभियानलाई विशेष सहजीकरण भुमिका निर्बाह गर्ने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारतका शाखाका सम्पूर्ण परिवार र त्रिवेणी गाउँपालिका वडा ७ को युवा क्लब सप्तरङ्गीका सम्पूर्ण परिवारहरु प्रती सिङ्गो "अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज परिवार"को तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै भारत शाखाका सह-सचिब निम बहादुर बिकलाई सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।