गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अर्धवार्षिक कार्य समीक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ को आयोजनामा भएको अर्धवार्षिक कार्य समीक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रम वडा नं ९ का अध्यक्ष राजिव थापाको सभापतित्व तथा नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको हो।
त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा नगर उपप्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए भने अतिथिहरुमा वडा सदस्यहरु श्रीकृष्ण कारञ्जित,उमेश चालिसे,लक्ष्मी गुरुङ,गमला कुमारी परियार लगायत स्थानिय वडावासी दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा अहिले सम्म सम्प्पन्न भएका गतिविधि वडा भित्रका अन्य समस्या तथा समाधान र आवस्यकता बिषयमा समेत छलफल गरिएको थियो।
जसनुसार सिसिटिभि क्यामेरा जडान,ढलको ब्यबस्थापन नागरिकको स्वास्थ्य सम्बन्धि लगायत विविध बिषयमा छलफल गरिएको थियो।

त्यसैगरी वडाले उपस्थित सम्पुर्ण स्थानियबासीलाई सरपराईज दिदै विभिन्न कृषि सामाग्री बीउ बिजन समेत बितरण गरेको थियो।कृषि सामाग्री तथा बिउबिजन बितरले त्यहाँका स्थानिय कृषकहरु खुशी ब्यक्त गरेका थिए