काठमाडौ, राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २५ औ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भब्य रुपमा सम्पन्न गरिएको छ। संस्थाको २५ औं स्थापना दिवसको अवसरमा देशै भरिका सदस्य बिधालय,पालिका समिती, जिल्ला समिती,प्रदेश समितिहरुले पनि विद्यार्थी केन्द्रित रहेर सेमिनार,गोष्ठी, बक्तृत्वकला प्रतियोगिता र सरकारद्वारा छात्रवृत्तिमा गरिएका बिभेद केन्द्रित रहेर कार्यक्रम सम्पन्न गरिएको छ।
त्यसैगरी केन्द्रिय स्तरमा राष्ट्रिय सभागृह भृकुटीमण्डपमा नेपाल प्याब्सन केन्द्रिय समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका माननीय मन्त्री अब्दुल खानको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमको आयोजना गरि विविध कार्यक्रम सहित स्थापना दिवस तथा रजत महोत्सव मनाईएको हो।विविध कार्यक्रम अन्तर्गत नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता गरिएको छ।
कार्यक्रममा अन्य उपस्थित ब्यक्तित्वहरुमा मध्य पश्चिम विश्व बिधालय उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह,नेसनल प्याबसनका संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ,पुर्व अध्यक्ष टीका प्रसाद उप्रेती,निवर्तमान अध्यक्ष ॠतुराज सापकोटा,संघीय सांसद माननीय ठाकुर गैरे,शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्मा,हिसानका अध्यक्ष रमेश सिलवाल,प्याब्सन अध्यक्ष डिके ढुंगाना,अभिभावक महासंघ अध्यक्ष सुप्रभात भन्डारी लगायत शिक्षाविद,शिक्षण पेशामा आवद्ध ब्यक्तित्वहरु बिद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो। निजि लगानीका बिद्यालयमा अभिभावक र बिद्यार्थीहरुको आकर्षक शिर्षकमा गरिएको नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागी श्रद्धा बस्नेतले प्रथम स्थान हासिल गरेकी छिन।
त्यसैगरी प्रदेश नं १ का सन्देश राई द्वितीय,बागमती प्रदेशकी प्रशंसा कार्की तृतीय स्थान र अन्य क्षेत्रबाट सहभागी प्रतियोगीहरुले सान्त्वना पुरुस्कार प्राप्त गरेका छ्न।नवराज लम्साल,हरिहर तिमल्सिना र योगेन्द्र पौडेलको निर्णायक मन्डल रहेको उक्त प्रतियोगिताबाट बिजेताहरुका लागि पुरुस्कारहरु क्रमशः प्रथम- १५०००, द्वितीय- १०००० तृतीय -७५०० र सान्त्वना - ५००० नगद, ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा निर्णायक मन्डलमा मिथिला शर्मा,कमल राई,महेश गोदार रहेका थिए।प्रतियोगितामा प्रथम स्थानमा लुम्बिनी प्रदेश,द्वीतियमा गण्डकी प्रदेश,तृतीयमा बागमती प्रदेश र अन्य सहभागीहरु सान्त्वना पुरुस्कार प्राप्त गर्न सफल भएका छन। जस अन्तर्गत पुरुस्कारहरु क्रमशः प्रथम - ५१०००,द्वितीय- ३१०००, तृतीय -२१००० र सान्त्वना - पुरुस्कार ११००० ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेसनल प्याब्सनका संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ,पुर्व अध्यक्षहरु श्रीमती गिता राणा,टीका प्रसाद उप्रेत,कर्ण बहादुर शाही तथा निवर्तमान अध्यक्ष ॠतुराज सापकोटालाई अभिनन्दन गरिएको थियो।
नेसनल प्याब्सन केन्द्रिय समितिलाई बिभिन्न सहयोग पुर्याउदै आएका जिल्ला समितिहरु बाके,तनहु र कपिलवस्तुलाई सम्मान गरिएको थियो। यसैक्रममा नेसनल प्याब्सनको विभिन्न समितिहरुमा रहि समितिलाई अगाडि बढाउन अहम भुमिका निर्वाह गर्नुहुने पुर्व वरिष्ठ उपाध्यक्षहरु ज्ञानेन्द्र मोहन भट्टराई,सप्तरी जिल्ला पुर्व अध्यक्ष इन्जिनियर यौकु शाह तथा रुपन्देही जिल्ला पुर्व अध्यक्ष देउ प्रकाश राई लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा अतिथिहरुले मन्तब्य राख्दै निजि बिधालयका समस्या अवसर र चुनौतीका बारेमा प्रस्ट पार्दै निजि बिधालयमा आईपर्ने समस्याहरूको समाधान सरकारले गर्ने बताएका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा माननीय मन्त्री अब्दुल खानले वर्तमान सरकारले निजि बिधालयको स्थायित्वका लागि मिलेर काम गर्नुका साथै मुलुकको शिक्षा क्षेत्र तथा निजि बिधालयको उन्नतिका लागि धारणापत्र माग गर्दै त्यही अनुरुप अगाडि बढिले आश्वासन समेत दिएका थिए।