काठमाडौँ । एसिड आक्रमण अन्त्य गर्ने अभियानमा लागेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारबाट सम्मानित हुने भएकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको हो ।
एसिड आक्रमण अन्त्य गर्नतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिइने दुतावाले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली र सबैभन्दा कम उमेरकी व्यक्ति पनि रहेकाे दुतावासले जनाएकाे छ ।
१५ वर्षकी छँदा प्रेम प्रस्ताव अस्वीकार गरेकाे भन्दै एक किशोरले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।
याे पुरस्कार यसअघि पाकिस्तानमा महिला तथा किशोरीहरूका अधिकारका पक्षमा वकालत गर्ने मलाला युसुफजाई लगायतले पाएका छन् । उनी सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता पनि हुन् ।