बागमती प्रदेश- काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकामा मेयर कप, बिध्यालय स्तरीय भलिबल प्रतियोगिता -२०७८ वडा नं २ मा रहेको बाल सुधार माबीको खेल मैदानमा भब्यताका साथ शनिवार सम्पन्न भएको छ।
नगरपालिका भित्र रहेका करिब दस वटा बिधालयको सहभागिता रहेको उक्त प्रतियोगीता दुई दिन सम्म चलेको थियो। गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को संयोजन रहेको प्रतियोगिता गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना रहेको थियो ।गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को अध्यक्ष विकेश श्रेष्ठको सभापतित्व तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बिशेष अतिथीहरुमा नगर उप प्रमुख शान्ती नेपाल ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल रहेका थिए। त्यसैगरी समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद उप शाखा प्रमुख राम नारायण शाह, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितिका सदस्य सत्रुधन सुवेदी, बाल सुधार माबीका प्रधानाध्यापक हेमराज घिमिरे, दिनेश राइ, नेपाली कांग्रेस गोकर्णेश्वर नगर अध्यक्ष कुमार लामा, क्लबका सल्लाहकार ज्ञानकुमार श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ (लाक्स) लगायत बिभिन्न बिध्यालयका शिक्षकहरू,जनप्रतिनिधि कर्मचारी तथा खेलप्रेमी दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
करिब दस वटा बिधालयका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए भने जसमा चामुण्ड मावि प्रथम स्थानमा जित्न सफल भएको छ भने द्वीतियमा कान्ति भैरब गुरुकुल र तृतीय स्थानमा सहयोगी माबी रहेको थियो।प्रतियोगितामा अनुशासन,बेस्ट प्लेयर लगायत विभिन्न कोणबाट हेरिएको थियो जस अनुसार अनुसासित टिम तर्फबाट बाल सुधार माबी, उत्कृष्ट सटर चामुण्डा मावि तर्फबाट खेलाडी आशिक तामाङ, उत्कृष्ट ब्लकर चामुण्डा माविका अभिषेक मगर लाई घोषणा गरिएको थियो ।यसै क्रममा बेस्ट स्पाइकर कान्ति भैरब गुरुकुलका सरोज गौतम , बेष्ट डिफेन्डर सहयोगी माविका सप्त लिम्बु रहेका थिएखेल क्षेत्रमा अनवरत रुपमा लगाव झुकाव राख्दै आई प्रतियोगितामा प्रथम द्वीतिय तृतीय स्थान हासिल गर्न सफल तथा अन्य उत्कृष्ट हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसे,बिशेष अतिथिहरु लगायतको हातबाट पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।