काठमाडौ,गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ आरूबारी स्थित चालिसे गाउँमा श्री राधा कृष्ण मन्दिर निर्माणको लागि आज एक कार्यक्रमका बिच शिलान्यास सम्पन्न भएको छ।
हिन्दु धर्मावलम्बीहरुको भगवान श्री कृष्ण मन्दिर निर्माणको लागि शिलान्यास उमेश केसीको सभापतित्व तथा नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको हो।
मन्दिर शिलान्यास कार्यक्रममा बिशेष अतिथिहरु उपप्रमुख सान्नानी लामा,वडा नं ९ का वडा अध्यक्ष राजिव थापा रहेका थिए त्यसै गरि अतिथिहरुमा वडा सदस्यहरू उमेश चालिसे,लक्ष्मीदेबी गुरुङ,श्रीकृष्ण कारञ्जित लगायत बुद्धिजिबि धार्मिक आस्थावान ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
गोकर्णेश्वर नगरपालिका आफैमा धार्मिक आस्थाको केन्द्र मानिन्छ भने यो मन्दिरको निर्माण पश्चात् आस्थावान हिन्दु धर्मावलम्बीहरुलाई थप सहज समेत हुने बताईएको छ।