काठमान्डौ : प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटी द्वारा परराष्ट्र मन्त्री विमला पौडेल राई सङ्ग प्रवासका नेपाली हरुका विभिन्न समस्या हरु लिएर छलफल गरेको छ ।
भौतिक रुपमा भेटेर सम्बन्धित समस्याको बारेमा जानकारी गराउने उदेश्य रहेपनी हाल अनलाइन जुम मार्फत माननीय डा बिमला राई पौडेल संग परराष्ट्र मन्त्रालय संग सम्वन्धित विविध समस्याको वारेमा छलफल भएको थियो ।
छलफलको क्रममा हाल (माल्टा युके ) अन्तर्गत राजदुतावासले हेर्दै आएको र युके युरोपियन युनियनवाट छुट्टीसके पछी माल्टावाट युके आउन भिषाको समस्या परेका कारण माल्टालाई अव उप्रान्त स्पेनको राजदुतावास अन्तर्गत राख्नु पर्ने पोर्चुगलको नेपालीलाई पासपोर्ट आदीको लागि भईरहेको समस्याको यथासक्दो छिटो व्यवस्था गर्ने बारेमा छलफल भएको थियो ।
त्येस्तै वेलायतमा रहेका गोर्खाहरुको समस्याहरु साथै अमेरिकाको टेक्सासमा राजदुतावासको कर्मचारीको लापरवाहीको कारण भएको समस्याले सेवाग्राहीहरुको काम सम्पादन हुन नसकेको र अमेरीकाको ठुलो भुगोलमा नेपालीले पाउनु पर्ने सुविधा समयमा पुर्याउनको लागि टेक्सास र क्यलिफोर्निसामा कन्सुलेट अफिस राख्न पर्ने कुराहरु साथै मध्यपुर्व र मलेसियामा रहेका मजदुरको समस्या समाधानको लागि १८ घण्टा कुरा गर्न मिल्ने गरी र ६ धण्टा कल रिकर्ड हुने गरी सवै राजदुतावासमा कल सेवा उपलव्ध गराउन पर्ने कुरामा जोड दिएको मञ्च अन्तर्राष्ट्रीय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिए ।
जवाफमा परराष्ट्र मन्त्री विमला पौडेल राईले बोल्दै आफुले नितिगत निर्णय गराउन पर्ने कुरा वाहेक अन्य कुरा यथासक्यो छिटो सम्वोधन गर्ने वचन सहित उहा संग सम्वन्धित विषयमा समयमै सुझाव सहित ध्यानाकर्षण गराएकोमा प्रवासी नेपाली मञ्चलाई धन्यावद सहित आभार व्यक्त गर्नु भएको थियो ।