दोहा : अर्घाखाँची सेवा समाज कतारको आफ्नो पाचौं अधिवेशन सेक्टेम्बर ९ तारिक शुक्रबार हुने भएको छ ।
“प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा हुने भएको हो ।
स्थापनाकाल देखिनै समाजले प्रवासमा जिल्ला बासी तथा गैर जिल्ला बासीहरुका समस्याहरुको समाधान संगै समाजिक आर्थिक, नैतिक तथा भौतिक कार्यमा अग्रस्थानमा रहि कतारमा स्थापित विभिन्न संघ संस्थाहरु बीच हातेमालो गर्दै आपसी सद्धभाव भाईचारा लाई निरंतरता दिदै आएको छ ।
समाजले प्रवासमा मात्र सिमित नभएर देशमा आइपरेका विभिन्न दैविक प्रकोप,बाढी पिडित,आर्थिक अभावको कारण छट्पटाइ रहेका असाय, आगलागी पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।उक्त दिन कतारमा स्थापित संघसंस्थाहरुका प्रमुखहरु सामाजिक अभियान्तहरुलाई कार्यक्रम नजुधाईदिनुहुन अध्यक्ष टेकराज थापाले अनुरोध गरेका छ्न ।
समाजले "साधारण सदस्य दर्ता" खुल्ला गरि सकेकोर वैदेशिक रोजगार तथा व्यावसायको निम्ति कतारमा रहेका सम्पुर्ण जिल्लाबासी दाजुभाइ दिदीबहिनी हरुले समाजको (साधारण ) सदस्य लिदै उक्तदिन भौतिक रुपमा उपस्थिति जनाएर कार्यक्रम सफल पारिदिनको निम्ति महासचिव बालाराम पाण्डेले सबैलाई अनुरोध गरेको जानकारि गराए ।