दोहा कतार- तामाङ भाषाको चलचित्र 'काख्रे' को विशेष प्रदर्शनी संगै सांस्कृतिक कार्यक्रम आउदो २९ जुलाईमा शालिमार इस्तानबुल रेस्टुरेन्टको सभाहलमा हुने भएको छ।
'तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण " भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागद्वारा तामाङ भाषाको चलचित्र काख्रेको विशेष प्रदर्शनी गर्ने भएको छ।विशेष गरि तामाङ जातिको मौलिक भाषा संस्कार संस्कृति लिपि लगायत को संरक्षण सम्बर्द्धन तथ प्रबर्द्धन गर्दै आएको विभागले चलचित्र 'काख्रे' प्रदर्शनी गर्ने भएको हो।कार्यक्रम बिहान ठिक ११:०० बजे देखि शुरु हुने समेत बताएको छ।
कतारमा रहेका संघ संस्था,बुद्धिजीवी कलाकार पत्रकार लगायत तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनीहरु उपस्थित भई चलचित्र काख्रे र सांस्कृतिक कार्यक्रम हेरि शोभा बढाईदिन हुन सम्पुर्णमा आयोजकले अनुरोध गरेको छ।