किरात याक्थुङ चुम्लुङ (कियाचु) कतारको गत १५ अक्टोबर २०२१ (शुकवार)का दिन आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवारको प्रमुख आतिथ्यमा ११ औं अधिवेशन सम्पन्न भएको छ ।
महासंघ अन्तरगतका मातृसंस्थाहरुलाई निमन्त्रणा गरिएको सो कार्यक्रम निवर्तमान अध्यक्ष राजेन्द्र साम्याङखामको सभाध्यक्षमा सम्पन्न भएको थियो।
विभिन्न अतिथिहरुको शुभकामना रहेको सो कार्यक्रममा प्रमुख अतिथि सुनुवार ले आदिवासी जनजातिका हकअधिकार प्राप्तीका लागी सम्पुर्ण आदिवासी जनजातिहरु निसर्त जुट्नुपर्ने बताए ।
यसै गरि कियाचु कतारका बिशेष सल्लाहकार डम्बर लिबाङ “मिसेक“ ले शुभकामना मन्तव्य राख्ने क्रममा वर्तमान देशको अवस्था र एकात्मक राज्यशत्ताले प्रत्यक्ष अप्रत्यक्ष रुपममा आदिवासी जनजातिहरुको अस्तित्व माथी प्रहार गरिरहेको र त्यस प्रकारको प्रहारबाट बच्न आदिवासी जनजातिहरुको मजबुद डिफेन्स निर्माण गर्न आवस्यक भएको बताएका छन् ।
राज्य पक्षले विकास, परिवर्तन र हरेक खाले परियोजनाहरुको नाममा आदिवासीहरुको अस्तित्व माथि निसानी राखि आदिवासी अस्तिप्त्वनै धस्त पार्ने जस्ता सडयन्त्र भईरहेको हुनाले । त्यस किसिमका सडयन्त्र प्रति सचेत हुनुपर्ने समेत बताए ।
मन्तव्यको क्रममा लिवाङले थपे; पछिल्लो समयमा किरात लिम्बू जातिहरु बिचको अनावस्यक विवादका कारण लिम्बु समुदाय दुई धारमा विभाजित हुनु समुदायको हितमा नभएको। यथासिघ्र महाचुम्लुङ गरि लिम्बू समुदायको समस्याको समाधनमा जुट्न संबंधित निकायलाई ध्यानाकर्षण गराएका थिए।
“मुन्धुमलाई बिश्वास राख्ने । मुन्धुमकै आधारमा धार्मिक अनुष्ठान गर्नेहरुले जुनसुकै विधिबाट धार्मिक अनुष्ठानहरु गरेता पनि? याक्थुङ लिम्बू हरुको मौलिक धर्म मानेर एकआर्का विच सम्मानजनक व्यावहार कायम गर्नुपर्ने लिवाङले बताए। साथै आगामी २०७८ को जनगणनाबारे समेत लिम्बु समुदाय विच अनावस्यक भ्रमहरु सृजना गरिएका। ति विवाद र भ्रमहरु लिम्बु समुदायको हितमा विलकुलै नभएको हुनाले, लिम्बुहरुको विश्वासनिय तथ्याङ्क निर्माणका लागि सचेत भइ थरगत जात को पछि “लिम्बु” अनिवार्य लेख्न र लेखाउन समेत आग्रह गरेका थिए” ।
हर्क खजुमको अध्यक्षतामा सम्पन्न अधिवेशनले बरिठ उपाध्यक्षमा श्याम बहादुर तुम्बहाम्फे (सागर), प्रथम उपाध्यक्षमा योगेन माखिम, द्वित्तीय उपाध्यक्षमा राम लङ्वा लिम्बु, तृतीय उपाध्यक्षमा लेरिना आङदेम्बे लिम्बु, महासचिवमा विवश मादेन लिम्बु, उपमहासचिवमा विरेन मादेन लिम्बु, सचिवहरुमा गणेश मादेन, गौतम समी आङदेम्बे, कोषाध्यक्षमा सोम माबोहाङ् र सह–कोषाध्यक्षमा प्रकाश हाङ्गाम लिम्बु रहेकाछन ।
त्यसैगरी सोही कार्यक्रमले सचिवालय सदस्यहरुमा राज आङला लिम्बु, र रेखा मेङ्याङ्बो लिम्बु निर्वाचित गरेको छ भने केन्द्रीय सदस्यहरुमा क्रमशः पवित्रा फागो, सोनु चेम्जोङ, मनु साम्याङ्ख्याम, विश्व मादेम्बा, विनोद आङबुहाङ, मञ्जु साँवा लिम्बु, भविन्द्र तुम्बापो, तेजबहादुर साँवा, मचिन्द्र नेम्बाङ, नगेन्द्र लिङ्दम, दिपेन्द्र (दिपेन) सेनेहाङ् र राधा तुम्बापो निर्वाचित भएका छन् ।
निर्वाचित कार्य समितिको कार्यकाल दुई बर्षको रहने ११औं अधिवेशन स्रोतले जनाएको छ ।