काठमाण्डौ, रोल्पामा जन्मेर काठमाण्डौलाई कर्मथलो बनाउदै आएका गायक प्रशान्त परियारले निकै मीठो गीत 'झझल्को' प्रशान्त परियार अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरेका छन।
गायक परियारको आफ्नै शब्द संगीत तथा स्वरमा सजिएको यो गीतमा महिला कलाकारको आवाजमा पछिल्लो समयकी अत्यन्तै चर्चित मीठो स्वरकी धनी गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छिन।त्यसैगरी ग्रुप भोकलमा जमुना बिश्वकर्मा, संगिता सिजापती,खेमराज गौतम,बिनोद परियार लगायतका कलाकार रहेका छन।अन्त्यतै लोक प्रिय आफ्नै गाउँबेसी उकाली ओरालीका मिठा शब्दहरुको संयोजनमा यो गीत निर्माण गरिएको छ।
कुशल निर्देशक बिरेन्द्र वलीद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा मोडल आफै स्वयं प्रशान्त परियार र अस्मिता रनपालले गरेका छन।त्यसैगरी खेमराज गौतमको एरेन्ज रहेको उक्त म्युजिक भिडियोमा सुमन राना र खुमन रानाले रेकर्डिङमा साथ दिएका छन।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस..