मुग्लानी खबर
08 नोभेम्बर 2017 बुधवार
नुवाकोट देउराली-७ मा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी मोडल हुन एन्जिला वाइवा तामाङ क्याम्पसको जिवनमै पहिलो पटक स्वरुप राज आचार्यको "म त भाग्य फुटेको मान्छे" भन्ने बोलको गीतबाट मोड्लिङ गर्दै अभिनय क्षेत्रमा पाइला टेकेकी मोडल एन्जिलाले नेपाली थुप्रै बिधाका म्युजिक भिडियोहरुमा कुशल अभिनय गरि धेरै दर्शक श्रोताहरुको मन जित्न सफल भैईसकेकी छीन। नेपाली लोक दोहोरी,लोक पप,तामाङ सेलो,तामाङ म्हेन्दोमाया,नेपाली लोक दोहोरी र लोक मेलोडी जस्ता ४ दर्जन भन्दा धेरै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी एन्जिला वाइबा तामाङ सङ मुग्लानी खबर डट कम सङ्ग गरिएको भलाकुसारी:-
नमस्कार !! यहाँलाई हाम्रो मुग्लानी खबर डटकममा हार्दिक स्वागत छ!
नमस्कार हजुर लाई पनि र मुग्लानी खबर डटकम लाई धेरै धेरै धन्यवाद छ।
अभिनय क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
कलाकारिता क्षेत्रमा चाहिँ मेरो सानो देखीको इच्छा पनि थियो र म कलेज पढ्दै गर्दा स्वरुप राज आचार्यको म त भाग्य फुटेको मान्छे भन्ने गीतमा अफर आयो र त्येही गीतबाट मैले मेरो अभिनय क्षेत्रमा पाइला टेक्ने अवसर पाएको थिए।
तपाईको बिचारमा कलाकारीता भनेको के हो जस्तो लाग्छ ?
मेरो बिचारमा कलाकारिता भनेको जुन समय परिस्थिति अनुसार आफ्नो कला देखाइन्छ,जुन परिस्थिति अनुसार जिन्दगीको दुख सुख,खुसी आसुका मिलन बिछोडका हरेक क्षणहरुलाई अभिनय मार्फत देखाउनु है कला हो जस्तो लाग्छ
कलाकारीता क्षेत्रमा लागेर के पाउँनु भयो र के गुमाउनु भयो ?
कलाकारीता क्षेत्रमा लागेर अरु त त्येस्तै हो एउटा नाम कमाएकी छु र अर्को कुरा पाउनु र गुमाउनु भन्ने कुरा जिन्दगीको खेल हो । तर मैले आज सम्म केही गुमाउनु परेको छैन । बरु मैले मेरो उदेस्य हासिल गर्दै छु बाबा मम्मी लगायत सम्पुर्ण मेरो परिवारलाई खुशी दिए त्येसैले गुमाउनु भन्दा पनि धेरै मैले पाएकि छु ।
आज भोली के मा ब्यस्त हुनुहुन्छ ?
म आजकल म्युजिक भिडियोको शुटिङ तिरै ब्यस्त छु भन्नु पर्छ।
काम र दाममा कतिको सन्तुष्ट हुनुहुन्छ ?
काममा एकदमै सन्तुस्टि छु । दाम भनेको त जति भए पनी पुग्ने रहेनछ र जति कमाएकि छु त्यसैमा आत्मा सन्तुष्टि छु त्यही नै खुशी छु।
अहिले सम्म कतिवटा म्युजिक भिडियोको गीत र चलचित्रमा अभिनय गरि सक्नु भयको छ ?
अहिले सम्म त त्यस्तै ४ दर्जन म्युजिक भिडियोमा अभिनय गरे र २ वोटा तामाङ गीत पनि गाएकी छु तर चलचित्रमा अहिले सम्म धेरै अफर आए पनि चित्त बुझ्दो कथा नहुनाले रिजेक्ट गरेकी छु ।
आफूले अभिनय गरेको म्युजिक भिडियोहरुमा सबैभन्दा बढी मन परेको ?
मैले अभिनय गरेको म्युजिक भिडियोहरु त सबै मनपर्छ तर मलाई चिनाउने भिडियो स्वरुप राज आचार्यको भाग्य फुटेको मान्छे र तामाङ म्युजिक भिडियो बिरगन्जकी फ्याकट्री चप्पल बन्दी बोलको गीत साथै अर्को म्येहेन्दोमाया गीत जुन पुर्ण तामाङ र रमिला पाख्रीनको स्वर रहेको छ ।
अभिनय क्षेत्रबाट कति कमाउनु भयो ?
यति भनेर ठ्याक्कै भन्न त सकिँदैन कहिले चित्त बुझ्दो पारिश्रमिक पाइन्छ त कहिले पाइदैन र धेरै भनेको १८ हजार सम्म लिएकी छु ।
पारिश्रमिक चित्त नबुझेर अभिनय गर्न अस्वीकार गर्नुहुन्छ कि गर्नु हुन्न ?
पारिश्रमिक चित्त बुझ्दो नभएर पनि थुप्रै पटक अस्वीकार गरेकी छु ।
कुनै अविष्मरणीय क्षण ?
२०७३ सालको जाडो महिनामा हामी शुटिङको लागि रसुवा जादा बाटोमा ठुलो ट्रक हिलोमा फसेको थियो त्यो गाडी हेर्नलाइ ड्राइभर गाडीबाट ओर्लेको थियो अचानक हाम्रो गाडी ब्याक गियर लागेर पछि आयो लगत्तै ड्राइभर गएर रोक्यो अर्को कुरा जिन्दगीमा पहिलो चोटि हिउँमा गएर शुटिङ गरे त्यो क्षण सम्झिरहन्छु।
तपाईं त म्हेन्दोमाया गीत सङ्गीतबाट आउनुभएको कलाकार हो धेरै बिकृती छ भन्छन नि साचो हो?
म्हेन्दोमायामा बिकृती आयो भन्दा पनि हामी तामाङ समुदायहरुले आफ्नो ठाँउ अनुसारको चालचलन छ्न त्यही कुराले गर्दा एकले अर्कोलाई सभ्य नदेखेको हो । म्हेन्दोमाया पहिला टिपिकल हुन्थियो अब समय अनुसार आधुनिकतामा परिबर्तन भएको पनि हुन सक्छ ।आधुनिकतामा परिबर्तन भएको मतलब पुरानोलाई बिर्सेको वा मासेको वा लोप हुन दिएको भन्न मिल्दैन बरु समयको गतिसमय अनुसार बिकास हुँदै गएको हो ।
नयाँ आउने प्रतिभालाई के भन्नु हुन्छ ?
नयाँ आउने प्रतिभाले सुरुमा केही गर्छु भनेर पहिला सोच्नुहोस अनि सपना देख्नुहोस,त्यही सपनालाई तपाई पूरा गर्ने कोसिस गर्नुहोस र कहिले पनि बिचलित नभैइ आफुमा आत्मा बिस्वास राखी अगाडी बढ्नुभयो तपाईं पक्कै सफल हुनुहुनेछ ।
बिदेशको कार्यक्रमहरुमा आफ्नो कला देखाउनु जनु भएको छ ?
गएकी छु नेपाल तामाङ कलाकार संघ कतारले २०७३ सालमा गरेको ल्होछार सास्कृतिक कार्यक्रम लगायत २/३ देशमा पुगेको छु ।
कलाकारीता क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
सानै देखि नाच्ने भने पछि हुरुक्कै हुने भएकोले स्कूल कलेज पढ्दा विभिन्न ठाउँको कार्यक्रम भाग लिन्थे अनि पहिलो वा दोस्रो भैइन्थियो कलेज पढ्दा एकजना साथीबाट निम्तो आयो र यो छेत्रमा पाइला टेके अनि एक पछि अर्को गर्दै म्युजिक भिडियो खेल्दै जादा मलाइ काम दिनुहुने अग्रजबाट प्रेरणा पाए ।
पुराना दिन सम्झिँदा अहिले कस्तो लाग्छ ?
पुराना दिन सम्झिदा अहिले एकदमै रमाइलो लाग्छ सानोमा गाउँमा पढेर घरको काममा मामु बाबुलाई सगाउन्थे,खेती पाती पनि गर्थे,स्कुल,कलेजमा रमाइलो हुन्थ्यो ।
नेपालमा संगित क्षेत्रबाट जिन्दगी चलाउन सकिन्छ ?
किन नसक्नु पक्कै सकिन्छ तर आफुमा भर पनि पर्ने कुरा हो कमाइ अनुसारको खर्च गर्न सिक्नु पर्दछ,र सन्तुष्टि हुनु पर्छ नत्र मान्छेलाइ जति भए पनि पुग्दैन देश बिदेसमा हुने विभिन्न स्टेज कार्यक्रम,महोत्सवहरुले गर्दा कलाकारलाई धेरै राहत मिलेको छ भने उक्त कार्यक्रमबाट धेरैले राम्रो आम्दानी पनि गरेका छन ।
जीवनमा कति खेर चाहिँ खुशी लाग्छ ?
जिन्दगीको सबैभन्दा ठूलो खुसी भनेको नै मेरो बाबा आमा हो उहाँहरु खुशी हुने बेलामा म पनि खुशी हुन्छु मैले गरेको काममा खुशी देख्दा खुशी लाग्छ मैले सोचेको चाहेको काम पूरा हुँदा परिवार र साथीहरु संग सुख दुःखको कुरा गर्न अवसर मिल्दा ।
यहाँ सम्म आउनुको श्रेय कस्लाई दिनुहुन्छ ?
यहाँ सम्म आउनुको श्रेय म आफै पनि हु र मेरो निरन्तर कोशिस र परिश्रमले पनि हो र मेरो परिवार र मलाई अवसर दिनुहुने र नजानेको कुरा बुझाउने,सिकाउने सम्पुर्ण सर साथी दाइहरु र विशेष गरि मलाई डान्स कलास दिनुहुने सरहरु राज किङ वाइवा,अमन राण र गायक सागर एस वाइवा दाइलाइ श्रेय दिन चाहन्छु।
अन्त्यमा मुग्लानी खबर डटकमबाट सम्पूर्ण दर्सक स्रोताहरुलाई केहि भन्न चाहानु हुन्छ ?
अन्त्यमा मुग्लानी खबर डटकमलाई धेरै धेरै धन्यवाद छ मलाई मेरा दुख सुख संघर्ष र सफलताका दुईचार कुराहरु राख्ने मौका दिनुभएकोमा यसरी नै हामी कलाकारहरुको दुख सुख संघर्षलाई दर्शक श्रोता सामु पुर्याउदै गर्नु र सम्पुर्ण दर्शक श्रोताहरु तपाईहरुको अनवरत सुझाव सल्लाह,प्रतिक्रिया र आगाध मायाले यहाँसम्म आइपुगेको छु यो सफलता मेरो नभई हजुरहरुको हो तपाईहरुको मायाको रिणी भएको छु यसरी नै आगामी दिनमा पनि अझै यस्तै निरन्तर मायाको अपेक्षा लिएको छु धन्यवाद सम्पुर्णमा ।
भिडियोहरु
https://www.youtube.com/watch?v=--hl5KhcVkE
https://www.youtube.com/watch?v=7PXIMRKg0gI&list=PLowQzCkJqQICWMfZcZSzTB3IhCGoYteX-
https://www.youtube.com/watch?v=DT5sMmHW6s8
https://www.youtube.com/watch?v=9YMZ249vsBQ
https://www.youtube.com/watch?v=ETgIVCJqihk
https://www.youtube.com/watch?v=nPGbzhctZYA
https://www.youtube.com/watch?v=7-Oi2bc8E6w&list=PLowQzCkJqQIAWeos10JhQnpjIz5Uvo5k8
https://www.youtube.com/watch?v=cvifGH11FYQ
https://www.youtube.com/watch?v=sgYmFPXQqgQ