दोहा : पाँचथर सेवा समाज कतारले आफ्नो "२१औं स्थापना दिवस" विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि २० डिसेम्बर- २०२४ शुक्रबारको दिन भब्य -सभ्य तरिकाले मनाएको छ ।
"विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने स्लोगनको साथ सन् – २००४ मा स्थापना भएको समाजले हर्ष उल्लासको साथ प्लाजामल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो ।
"कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्था, मातृसंस्थाहरु एवं बैचारिक संस्था, विशिस्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत जिल्ला बासी हरुको भब्य उपस्थिति रहेको थियो ।
२१ औं स्थापना दिवसको शुभ - अवसरमा केक काट्दै अगाडि बढेको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष रबिन खत्रीले स्वागत मन्तव्य, सङ्गिता तामाङको स्वागत नृत्य रहेको थियो ।
कार्यक्रम तथा संस्था स्थापना बारेमा, संस्थाका अग्रज व्याक्तित्व तथा सल्लाहकार दोर्ण खड्काले प्रष्ट पार्दै सन : २००४ डिसेम्बर १६ का शुक्रबार, छवि बिस्वकर्माको सक्रियतामा केही जिल्लाबासीहरुको उपस्थितमा बैठक बसि अर्को हप्ता डिसेम्बर २२ तारिकका दिन उनै छवि बिस्वकर्माको अध्यक्षतामा तदर्थ समिती गठन गरिएको जानकारी गराए । ततपश्चचात संस्थाले जिल्लामा एम्बुलेन्स सेवा देखी लिएर उल्लेखनीय सामाजिक, आर्थिक कार्यहरु गरेको जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आइसीसीका उप - महासचिव प्रवीण गुरुङले "२१ औं स्थापनाको शुभकामना प्रकट गर्दै, संस्थाले स्थापनाकाल देखीनै विभिन्न सामाजिक आर्थिक कार्यहरु गर्दै आएको बताए । गुरुङले दोहाको नेपाली समाजमा महिला अध्यक्षता एकदमै कमिरहेको अवस्थमा (पाँचथर)ले महिला अध्यक्ष पाउदा गर्व गर्नुपर्ने बताए ।
प्रमुख अतिथिको रुपमा आफुलाइ निमन्त्रणा गरिएकोमा धन्यवाद प्रकट गर्दै,समाजको उन्नति र प्रगतिको कामना गर्दै समाजमा लागेपछि " निस्वार्थ भावनाले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनसीसीका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत उपस्थिति विभिन्न बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कतारमा रहेका र निरन्तर गीत सङ्गीतमा लागेर आफुलाई दर्शकमा चिर परिचीत गराइ सकेका कलाकारहरु गौतम समि लिम्बु, छत्र लिम्बु, बिपना लिम्बु, मनिस लिम्बु ,ललित चेम्जोङ, सरला तामाङ, आशा थारु, सुनिता राई, सुनिशा तामाङ, सुजन माबो, निलसा केरुङ, ज्ञानेन्द्र येक्तेन, सुमन लगायतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।त्यसैगरि बाँसुरि बादक लक्ष्मी प्रसाद सापकोटाले बासुरिको धुन बजाए सबैलाई आनन्दित बनाए .
समाजलाई लामो समय देखि विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई पनि दोसल्ला, सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो ।कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने कलाकार सहित पत्रकारलाई पारीश्रमिक सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
महासचिव सुजन गुरुङ र सचीव मनोज खड्काले सहजीकरण गरेको कार्यक्रमलाई संस्थाका अध्यक्ष तथा कार्यक्रमकि सभापति लिला राइले बोल्दै कार्यक्रम सफल पार्न विभिन्न किसिमले सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरिन ।
`एउटा जिल्ला संस्था, सामाजिक संस्थालाई केही बक्ताले राजनीति तिर जोड्न खोजिएको विषयमा रुष्टता जनाउदै आपत्ति जनाइन । राइले आफ्नो संस्था केवल समाज सेवा गर्नको लागि स्थापना गरिएको र बताउदै स्थापना कालदेखि हाल सम्मै देश विदेशमा रहेका संघ संस्थाहरु सङ्ग हातेमालो तथा सहकार्य गर्दै कतार एवं नेपालमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग पुर्याउदै आइरहेको जानकारी गराउदै कार्यक्रमको समापन गरिन ।