दोहा कतार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम) नेपालमा सलिसाम कतार मार्फत मंगल नेश्नल अर्गनाइजेशन कतारका संस्थापक अध्यक्ष संजय आङदेम्बे सहित अन्य विभिन्न दलमा आस्थावान ९ जनाले औपचारिक रुपमा सलोराम नेपालमा प्रवेश गरेका छन ।
२२ नोभेम्बर २०२४ का दिन संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले औपचारीक पार्टी प्रवेश तथा स्वागत कार्यक्रमको आयोजना गरि मंगोल नेश्नल अर्गनाइजेशन कतारका संस्थापक अध्यक्ष संजय आङदेम्बे, मनेअ कतारका पुर्व प्रमुख सल्लाहकार ज्ञानेन्द्र येक्तेन यसैगरि विभिन्न दलको सदस्यता परित्याग गरि तुलाराम तामाङ, पवन येक्तेन, बलबहादुर येक्तेन, खेम बहादुर दर्जी मोते, सुरेश आङदेम्बे, दिलकुमार राई, केवल सिं राई लगायतले संलोराम नेपाल मा प्रवेश गरेका हुन ।
सलिसाम कतारका अध्यक्ष डम्बर लिबाङ मिसेकको अध्यक्षतामा भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष कुमारसिं योङहाङले स्वागत मन्तव्य तथा पार्टीको संक्षिप्तमा अवधारणबारे प्रकाश पारेका थिए भने उपमहासचिव तथा प्रवक्ता ताङसाहाङ तुम्बापाले संचालन गरेको कार्यक्रममा प्रमुख सल्लाहकार रेखा खामसामाले नव प्रवेशी नेता तथा सदस्यहरुलाई शुभकामना मन्तव्य राख्दै स्वागत समेत गरेकी थिइन।
पार्टी प्रवेशीहरुले आफ्ना प्रतिवद्धता विचार राख्ने क्रममा नेपाल जस्तो बहुल–राष्ट्रियता भएको देशमा एकले अर्काको राष्ट्रियतालार्ई परास्त पार्ने, एकअर्काविचको अस्तिप्त्वलाई स्वीकार्न नसक्ने जस्ता सिद्धान्त बोकेर हिड्नु गलत भएको र विगतमा आफु आवद्ध संगठनमा नेपाली समाजको बनावट अनुरुप पार्टीका नीति र सिद्धान्तहरू संसोधन गर्दै अघि बढ्नु पर्छ भन्ने बुझाई नदेखिएको र, सबै भाषा भाषी, धार्मिक, वर्ग, क्षेत्र र लिंग वीचमा सहअस्तिप्त्वको भाव सृजना गर्न सकियो भने मात्र राष्ट्रिय एकता बलियो हुने भएको ठहर गर्दै, जुन राजनितिक अवधारण पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा पाएको र यस मञ्चको झण्डा मुनि उभिएर बाकी राजनितिक यात्रा सुचारु गर्ने अवसर मिलेकोमा गर्व महसुस गर्दै आउने दिनमा पार्टीको नीति तथा सिद्धान्तलाई आत्मसाथ गरि अघि बड्ने प्रतिवद्धता संजय आङदेम्बेले जनाए। लालीगुराँस नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नव प्रवेशी नेता तथा सदस्यहरुलाई सलिसाम कतारका अध्यक्ष लिबाङले संगठनको अनुशासन तथा गोपनीयताको शपत गराएका थिए ।
संगठनमा नव प्रवेशी नेता तथा सदस्यहरुलाई सलिसाम कतारको सचिवालयले यथासिघ्र विभिन्न जिम्मेवारी दिएर अघि बढ्ने समेत मञ्चका प्रवक्ता ताङसाहाङ तुम्बापोले मुग्लानी खबरलाई जानकारी गराएका छन् ।