दोहा : वैदेशिक रोजगारिको सिलसिलामा कतारमा रहेका खस क्षत्री हरुको संस्था "क्षत्री समाज कतारको " चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट श्याम डागिको अध्यक्षमा १३ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।
जस अनुसार अध्यक्ष श्याम कुमार डांगी, उपाध्यक्ष छबिलाल बुढाथोकी, महासचिव टिका कार्की,सचिव शिवबाल के सी, कोषाध्यक्ष प्रेम कुमार बस्नेत र सह -कोषाध्यक्षमा बाबुराम महत रहेका छ्न ।
सदस्यहरुमा छोर बढादुर डांगी,बिनिता केसी, रण ब केसी, नविन बस्नेत,केशर केसी र गुमान केसी गरि अहिले लाई १३ जनाको नयाँ कार्यसमिति सर्वसहमतिले निर्वाचित भएको हो ।
कार्यक्रममा आर सि पन्त, नरेन्द्र भाट, सागर नेपाल, तेज कटुवाल, केबि हमाल, हंसराज ढकाल, राजु डुम्रे, रेशम बस्नेत,केशब कार्की, कुमार खड्का, राज जि खत्री,बुद्ध पान्डे, द्रोण बस्नेत, बिजय बस्नेत, हरि बस्नेत लगाएतका काजी/ काजिनी हरुको उपस्थिति रहेको थियो ।
आफू अध्यक्षमा निर्वाचित भएपछि डागिले लेखेका छ्न गौरबशाली संस्था क्षेत्री समाज कतारको हक, हित र प्रगतिको लागि म हरेक समय तनमन ले आफ्नो पदिय जिम्मेवारीमा रहि कतारमा स्थापित सम्पुर्ण संस्था हरुसङ्ग हातेमालो गर्दै भाइचाराको सम्बन्ध बनाउने र कतारमा रहनु हुने सम्पुर्ण क्षत्री हरुलाइ यस सस्थामा आबद्ध गराइ सस्थालाइ अझ फराकिलो बनाउनेमा दृढ़ बिश्वास दिलाउने छु । कतारमा रहनु हुने सम्पुर्ण क्षत्री काजी/ काजिनी हरु यस सस्थामा जोडिएर साथ दिने हुने छ भन्नेमा पुर्ण बिस्वास लिएको छु ।
सन : २०१० मा क्षेत्री समाज कतारको स्थापना भइ प्रवासमा रोजगारिको शिलशिलामा आएका सम्पुर्ण क्षत्री हरुलाइ एकताबद्द गरि हरेक आपत बिपतमा यहाँ रहेका सङ्ग सस्था हरु सङ्ग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएकोछ ।