दोहा : प्रवासी नेपाली मञ्च कतारको आयोजनामा "३१ औं मदन–आश्रित स्मृति दिवस" मनाइएको छ ।
प्लाजामल स्थित सम्सरा रेष्टुरेण्टको सभाहलमा १६ मे, २०२४ का दिन नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा ‘३१ औं मदन–आश्रित स्मृति दिवस’ नेता द्धायलाई श्रदान्जिली अर्पण गर्दै मनाइएको हो ।
मञ्च कतारका कार्यवाहक अध्यक्ष बालकृष्ण भित्रिकोटिको अध्यक्षता मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख चानक पोखरेलको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा मध्यपुर्व ईन्चार्ज कमलमणि गुरागाईको विषेश अतिथ्यतामा समापन भएको थियो ।
कार्यक्रममा मञ्च मध्यपुर्व महादेश कमिटी सदस्यद्धाय चानिलाल राजवंशी, रेणु चौलागाई, मञ्च कतारका पुर्व उपाध्यक्ष गणेश सिवा र पुर्व महासचिव मुनाफ मिया, सल्लाहकार परिषद सदस्यहरु सागर नेपाल, के.वि. हमाल, तेज कटुवल, भिमतरामु मगर, तान बहादुर खण्डलुक मगर, हेम बहादुर बगाले, प्र.ने.म. अ.क. आर्थिक विभाग सदस्य भेषराज पराजुली, निर्वाचन कमिटी अध्यक्ष गोविन्द सुवेदी नेपाली प्रवासी श्रमिक संघ जिफन्ट ग्रुप कतार, अध्यक्ष समुन्द्र खडका, जिफन्टका निवर्तमान अध्यक्ष शेषराज तिमिल्सिना, नगर कमिटी ईन्चार्ज टिका कार्की, प्ररायु संघ नेपालका पुर्व सचिवालय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज लिला जि.सि. लगायत नगर कमिटिका अध्यक्षहरुको समेत उपस्थिति रहेका थिए ।
मन्तव्यको क्रममा पुर्व उपाध्य गणेश शिवाले मदन भण्डारीको जबजको सिदान्तमा रहे सवै अनुशासित बन्न सकिने विचार राख्दै मदन भण्डारीले दिएका मअत्वपुर्ण बचनहरुबारे चर्च गरेका थिए । ‘जीवन सिद्धान्तका लागि होइन सिद्धान्त जीवनका लागि हुनपर्छ, पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन, आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्छ, अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशता हुन्छ,भन्ने कुरामा जोड दिए
मध्यपुर्व ईन्चार्ज कमलमणि गुरागाईले मदन–आश्रित प्रति श्रदासुमन प्रकट गर्दै नेपालको कम्युनिष्ट पार्टीको ७५ वर्षे ईतिहासमा जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै सवैले कम्यूनिष्ट नैतिकता, आचरण र जिवनशैलीलाई अंगाल्नु पर्ने विचार व्यक्त गरे । ईन्चार्जले जननेता मदन भण्डारी र जिवराज आश्रितले दिएको मार्गदर्शनलाई अत्मासाथ गर्दै संगठनलाई चुस्तर दुरुष्त राख्नको अनुरोध गर्दै आजकै दिनवाट सवैले संगठन विस्तारको लागि एक भएर लाग्नको आग्रह गरे ।
हाल सम्म संगठित सदस्यको नविकरणमा ढिला सुस्ति भइ सकेको र यसलाई तिब्रताका साथ समयमै नविकरण गर्नका सवै लाग्नुपर्ने साथै संगठनलाई चेनअफ कमाण्डमा चल्न र चलाउनको लागि सवै तहका कमिटीले विधि र पद्धतिको पालना गर्नुपर्ने विचार राखेका थिए ।
प्रमुख अतिथी चानख पोखरेलले मदन भण्डारीले भनेझै ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्दै हिजो प्रवासी नेपाली मञ्च श्रमिको संगठन भएको र हिजो प्रत्येक क्यम्पमा गएर संगठन विस्तार गरेको स्मरण गर्दै राष्ट्रिय कमिटीको पदाधिकारी र सदस्यहरु सवैले जिम्मेवरीका साथ लाग्नुपर्ने भनाइ राखेका थिए ।
संगठनलाई चुस्तदुरुष्त बनाउनको लागि हरेक कमिटीलाई सकृय बनाउनु पर्ने, अन्तर्राष्ट्रिय कमिटीको निर्देशन अनुसार मदन–आश्रितको ३१ औं स्मृति दिवसको कार्यक्रम आयोजना गरेकोमा मञ्च कतारलाई धन्यवाद दिदै विगतमा यस कार्यकालले अन्य नेताहरुको क्यालेण्डर अनुसारको कार्यक्रम आयोजना नगरेको स्मरण गराउदै आगामी दिनहरुमा यस किसिमको कार्यक्रमहरु छुटन नहुने भनाई राखे
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष. विजय वित्रम बस्नेतले राखेका थिए भने कार्यक्रम सञ्चालन तथा क. मदन भण्डारी र जिवराज आश्रितको छोंटो जिवनी सचिव बिनेश तामाङले राखेका थिए । अन्तमा उपस्थित सवैलाई धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष बालकृष्ण भित्रिकोटीले समापन गरिएको थियो।