दोहा : संखुवासभा सेवा समाज कतारको आयोजनामा योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको सहजीकरणमा " खुशी कला र स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण कार्यक्रम दोहामा सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा डा. राजु अधिकारीले योग र ध्यानको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई सुरक्षित र राम्रो बनाउन सकिने र दुवै प्राकृतिक प्रविधिहरू प्रयोग गरेर, दिनचर्यामा सकारात्मक परिवर्तन गर्न तथा जीवनको गुणस्तर सुधार गर्न सकिने कुरामा जोड दिए ।
योगाभ्यासबाट मानसिक तनाव कम हुनुको साथै मनमा शान्ति ध्यान र प्राणायामद्वारा मन स्थिर रहनुको साथै मानसिक चिन्ताबाट राहत मिल्ने कुरामा जोड दिए ।
अधिकारीले अहिलेको अस्तब्यास्थ जिन्दगीमा खानपानले पनि विभिन्न दीर्घ रोगबाट पीडित भइ अकालमा ज्यानै गुमाउनु पर्ने अबस्था सिर्जना भएको हुँदा खान पान सङ्गै योग अति आवस्यक रहेको जानकारी गराउदै "योगका नियम,समय बिधि पद्धति तथा विभिन्न तरिकाबाट योगअभ्यास गराएका थिए ।
नेपाली राजदुतावासका प्रथम सचीव तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण कुमार सुबेदी (कृशु क्षेत्री )ले मन्तव्यको क्रममा जीवन जिउन अति आवस्यक पर्ने खुशी कला र स्वस्थ जीवनशैली "(तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार -जस्ता जनचेतना तथा सन्देश मुलक कार्यक्रम गरेकोमा आयोजक संस्थालाई धन्यवाद प्रकट गर्दै यस्तै खाले जनचेतनामूलक कार्यक्रम अरु संस्थाले पनि गरोस् भन्न्ने अपेक्षा राखेको बताए ।
गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्ट, लगायत दोहामा स्थापित सयौं भन्दा बढी संग संस्थाबाट प्रतिनीहरु हरु उपस्थिति रहेको कार्यक्रममा योग विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको प्रवचन सुन्न सयौं नेपाली हरु सनैया स्थित लालीगुरास रेस्टुरेन्टको सभाहलमा उपस्थिति रहेको थियो ।
करीब तीन घन्टा लामो चलेको कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र खनालले मन्तव्य राख्दै शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) तथा जीवन उपयोगी ज्ञान उपस्थिति सबैमा प्राप्त भएको बिश्वस्त रहदै आफुले प्राप्त गरेको ज्ञान आफ्नो अरु साथीहरूलाई पनि सेयर गर्ने अनुरोध गर्दै उपस्थिति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
उपस्थिति सम्पूर्णलाई उपाध्यक्ष बिरेन मादेनले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव पदम प्र सिम्खडाले गरेको थिए । सहभागीलाइ (सहभागिता ) प्रमाणपत्र पनि बितरण गरिएको थियोे ।
"संखुवासभालिको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै "विभिन्न सामाजिक कार्य गर्दै आएको"सामाजिक सेवाको निम्ति स्थापना भएको संखुवासभा समाजले "परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ " एक फरक खालको कार्यक्रम सप्पन्न गरेको हो ।