दोहा : योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको सहजीकरणमा " खुशी कला र स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण कार्यक्रम दोहामा हुने भएको छ ।
"संखुवासभालिको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै "विभिन्न सामाजिक कार्य गर्दै आएको" सामाजिक सेवाको निम्ति स्थापना भएको संखुवासभा समाज कतारको आयोजनामा
खुशी कला र स्वस्थ जीवनशैली "(तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार - आनन्दमय जीवन पद्धतिका प्रमुख आधार) बिशेष प्रशिक्षण कार्यक्रम हुन लागेको समाजका महासचिव पदम प्रसाद सिम्खडाले जानकारी गराए ।
उक्त प्रशिक्षण कार्यक्रममा शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारेमा पनि प्रशिक्षण हुने हुँदा जीवन उपयोगी ज्ञान प्राप्त हुनेमा बिश्वस्त हुँदै गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गरिएको समाजका अध्यक्ष राजेन्द्र खनाल बताउन्छ्न ।
मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. अधिकारीको सहजीकरणमा लाली गुराँस रेस्टुरेन्ट,प्लाजा मल सनैयामा १७, मे , २०२४ ( शुक्रवार ) मध्याह्न १२ बजे सुचारु हुने आयोजक संस्था संखुवासभा समाज कतारले जानकारी गराएको छ ।
कार्यक्रम सुचनामा उल्लेख समय बाट शुरु हुने हुँदा समयलाई ध्यान राखिदिनु अनुरोध गरिएको छ । डा. राजु अधिकारीबाट बिशेष प्रशिक्षण दिउसो १ देखि ५ बजे सम्म रहने छ ।खानाको समय कार्यक्रम समापन पछि, हुनेछ भने ५ बजे पछि कार्यक्रममा सहभागीलाइ सहभागिता प्रमाणपत्र बितरण गरिने जानकारी प्राप्त भएको छ ।
जानकारिको लागी राजेन्द्र खनाल - 30407474, पदम प्र सिम्खडा - 33238907र शिव कुमार खत्री -50653855 नम्बरमा कन्ट्याक्ट् गर्न सक्नुहुने छ ।