दोहा : नवलपरासी सेवा समाज कतारले आन्तरिक बनभोज कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।
"कतारमा रहेका नवलपरासी दाजुभाइ एबम दिदीबहिनीहरु सङ्ग आपसी भेटघाट, मेलमिलाप र बनभोजबाट मनोरञ्जनका साथ थप सहयोगी भावना, सद्भाव र एकतालाई अझ मजबुत र सशक्त बनाउने उद्देश्यले मिति ३ मे २०२४ शुक्रबारको दिन (मजरामा ) बनभोज कार्यक्रम सम्पन्न सम्पन्न गरेको हो ।
नवलपरासी सेवा समाज कतारको अध्यक्ष दुर्गा हमालको सभापतित्व र संरक्षक संयोजक केबि हमालको प्रमुख आथित्यता रहेको कार्यक्रममा संरक्षक सदस्य क्रमशः दिपक सेन, प्रेम प्रसाद पौडेल, सजन लौडारी, कमल खरेल , गोपाल थापा लगायत प्रमुख सल्लाहकार कृष्ण पन्थी, सल्लाहकारहरु क्रमशः बिष्णु अधिकारी, अमित बराली, सुरज कुवर, पुष्पा हमाल लगायत ८० भन्दा माथिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी केबि हमाल, संरक्षक सदस्य सजन लौडारी र प्रमुख सल्लाहकार कृष्ण पन्थीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संयोजक नर बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण महासचिव चन्द्र गुरुङले गरेका थिए ।
कार्यक्रम भब्य र सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई अध्यक्ष दुर्गा हमालले आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेकाथिए ।