"नयाँ सामाजिक सम्झौताको लागि सुदृढ लोकतन्त्र""सामाजिक सुरक्षा र मर्यादित रोजगार सहितको अर्थतन्त्र"भन्ने नाराका साथ नेपाली प्रवासी श्रमिक संघ (GEFONT Support Group ) कतारले सयौं नेपाली श्रमिक हरुको उपस्थितिमा १३५ औं मजदुर दिवस कार्यक्रम भव्य तरिकाले सम्पन्न गरेको छ ।
श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ। सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।
जिफन्ट कतारका अध्यक्ष समुन्द्र खड्काको सभापतित्वमा तथा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा यहाँ स्थापित विशेष गरि श्रमिकका एजेन्डा भएका, श्रमिकका समसामयिक समस्याहरू उपर चासो राख्ने विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थिति विभिन्न संघ - संस्थाका प्रमुख प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका सचिवालय सदस्य कमल मणि गुराँगाइ, एनआरएनए कतार अध्यक्ष रमेश भट्ट, मञ्च अन्तर्राष्ट्रिय कमिटिका सह -सचिव चानख पोख्रेल, मञ्च कतार सल्लाहकार परिषद सचिव हंशराज ढकाल, सामाजिक व्यक्तित्व हरु बिमल सुबेदी, सागर नेपाल लगायतले मन्तव्य राख्दै श्रमद्वारा संसार बदल्ने बिश्वभरका श्रमिकहरु प्रती हार्दिक नमन सहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै आफ्ना हक हितको लागि बिश्वका मजदुरहरु एक हुन आग्रह गरेका थिए I
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले अमेरिकाको सिकागो सहरबाट सुरुभएको ८ घन्टा काम, ८ घन्टा आराम,८ घन्टा मनोरञ्जन लाई सबैले निरन्तरता दिनुपर्ने भन्दै सन् १८८६ मा मजदुर बिरोधि कानुनको बिरुद्ध संघर्ष गर्दा लाखौं मानिसले ज्यान गुमाएको बताए ।
आफ्ना हक अधिकारी पाउनको निम्ति बर्ग संघर्ष गर्न पछि पर्न नहुने,संसार भरका मजदुर एकजुट भएर लागेको खण्डमा श्रमिक हरुको जित हुने बताए । बिस्वभरका धेरै देशमा यो सङ्गठनको रहेको हुँदा सदस्यता लिएर श्रमिक हरुको हक हितको लागि गोलबन्द हुन आग्रह गरे । श्रेष्ठले विशेष गरि सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराएका थिए ।
जिफन्ट लाई कुनैपनि राजनिति पार्टीको आँखा बाट हेर्नू भन्दापनि यो सबै नेपाली श्रमिक हरुको साझा संस्था बनाउनुपर्नेमा जोड दिदै आफ्ना महत्त्वपूर्ण भनाइ राखेका थिए ।
कार्यक्रममा नेपाल लोकदोहोरी प्रतिस्ठान कतार शाखाका कलाकार लगायत कतारमा रहेका अन्य स्थानिय कलाकार हरुले मीठो साङ्गितिक प्रस्तुति राखेका थिए । हाँस्य कलाकार चन्द्र लाल राजबंसीले मुखबाटै विभिन्न चराचुरुङ्गीको स्वरमा आवाज दिएका थिए ।
संस्थाका प्रमुख सल्लाहकार शेष राज तिमिल्सिनाले संस्था खोल्नुको उदेश्य र यस्का योजना बारेमा बताउदै आफ्नो संस्था सधैव श्रमिकको हितमा डटिरहने बताए । साथमा श्रमिकहरूको जीवन स्तर समेत उकासिने हुँदा, यहीँ स्थापित संघ संस्थाहरूलाई श्रमिकमुखी जनचेतना कार्यक्रमहरू गर्न सुझाव दिएका थिए।
संघ जिफन्टका अध्यक्ष तथा कार्यक्रमका सभापति समुन्द्र खड्काले उक्त कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधि र कार्यक्रम सफल बनाउनको निमित्त आ-आफ्नो ठाउँबाट सहयोग गर्ने पदाधिकारी र कार्यसमितिका सम्पुर्ण साथीहरूलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए । संस्थाका उपाध्यक्ष नवराज शाहिले आफ्नो मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव लोक थापाले गरेका थिए ।