दोहा : नेपाली हरुको बाक्लो जनघनत्व रहेको सनैया मा अवस्थित चिरपरिचित नेपाली फुलबारि रेस्टुरेन्टको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
"नेपाली कला र संस्कृतिको जगेर्ना तथा मानव सेवा आश्रमको सहयोगार्थ " चर्चित कलाकार लोकदोहोरि गायक पसुपति शर्मा, मोडल तथा डान्सर करिस्मा ढकाल र सबिता भुसाल कतार आउन लागेको रेस्टुरेन्टका सन्चालक स्याम प्रसाद पौडेलले जानकारी गराए ।
पशुपति शर्मा एक बहुचर्चित नेपाली लोक गायक तथा अभिनेता हुन्।स्टेज कार्यक्रममा पशुपति शर्मा अत्याधिक व्यस्त हुने र रुचाएका गायक हुन् ।
मलाई अमेरिका यहि हो ! मलाई अस्ट्रेलिया पनि यहि हो भन्ने गीतबाट अत्यन्तै चर्चाको शिखरमा पुग्न सकेका शर्मा, शर्माका अधिकांश गीत नेपाली गीत संगीतमा हिटको सूचीमा छन् । उनको पछिल्लो "खाडी तिरै हो " भन्ने लोकगीत चर्चाको शिखरमा छ ।
मोडल तथा डान्सर करिस्मा ढकाल र सबिता भुसाललाई पनि नेपाली साङ्गितिक क्षेत्रमा अत्यन्तै रुचाइएको पाइन्छ ।
३ मे २०२४ शुक्रबार फुलबारि रेस्टुरेन्टकै सभाहलमा सम्पन्न हुने कार्यक्रम दुई सो हुनेछ । पहिलो सो दिउँसो २ बजे र दोस्रो सो साँझ ७ बजे देखी हुनेछ । कार्यक्रम संयोजक रोशन अर्याल र कार्यक्रमको सहजीकरण भानु शर्माले गर्ने जानकारी प्राप्त भएको छ ।
उक्त कार्यक्रम लाई सफल पार्नको लागि दोहाबासी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुमा उपस्थितिको निम्ति हार्दिक अनुरोध गरिएको आयोजक समितीले जनाएको छ । कार्यक्रममा जान आउनको लागि नि : शुल्क यातायातको पनि व्याबस्था गरिएको छ ।