दोहा :जनता समाजबादी निकटको प्रवास सङ्गठन " नेपाली समाज कतारको" अल्खोर एरियामा ५१ जना युवा प्रवेश गरेका छन ।
आइतबार साँझ अल्खोर स्थित गाउँबेसी रेस्टुरेन्टमा सम्पन्न गरिएको भेटघाट तथा सङ्गठन प्रवेश कार्यक्रम अन्तर्गत सामाजिक व्यक्तित्व लगायत ५१ जना युवा सो सङ्गठनमा प्रवेश गरेका हुन ।
सङ्गठन प्रवेश गर्ने अन्य व्याक्तीहरुमा समाजसेवी सञ्जय मण्डल, बिल्टु महतो, सन्जय यादव, अभिराम मन्डल, शोगरध चौधरी ,दिलिप यादव ,नरेश पान्डे ,लक्ष्यम यादव ,गगा राम शाह ,सबिन कार्कि,फुलगन महतो लगायतका रहेका छ्न ।
जसपा केन्द्रीय सदस्य एवंम मधेश प्रदेशका अर्थमन्त्री समेत रहेका माननिय संजय कुमार यादवको प्रमुख आथित्यमा, रास्ट्रियकमिटी का .बा अध्यक्ष जय प्रकाश यादव मोहम्मद तन्वीर रेजा,कलाम खां ,मो मेराजुद्दिन, राम बाबु यादव, शेख आरीफ लगायतको उपस्थितीमा खादा अवीर सहित भव्य रुपले संगठनमा प्रवेश गराइएको थियो ।
उक्त कार्यक्रमबाट समाजसेवी सञ्जय मण्डलको नेतृत्वमा अल्खोर कमिटीपनि गठन गरिएको छ ।
"संघीयता, सुशासन,सामजिक न्याय र समाजवादको यात्रा नेपाली समाज कतार" भन्ने मुल मन्त्रलाई अगाँल्दै कतारमा रहेका नेपाली श्रमिक हरुको हकहितको लागि कार्यगर्दै आइरहेको छ ।