दिलमाया तामाङ
काठमाडौं, १४ बैशाख । गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको विदाई तथा फेरि भेटौँला कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरप्रमुख दिपक रिसालको सभापतित्वमा भएको कार्यक्रममा बिशेष अतिथि नगर उपप्रमुख सान्नानी लामा रहनुभएको थियो।
गोकर्णेश्वर नगरपालिकामा करिब ७ महिना १२ दिन प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहि सेवा प्रदान गर्नुभएका पन्थीको गोकर्णेश्वर नगरपालिकाबाट जनकपुर उपमहानगरपालिकामा सरुवा भएको हो।
कार्यक्रममा अधिकृत पन्थीलाई नगरप्रमुख दिपक रिसाल, नगर उपप्रमुख सान्नानी लामाले खादा ओढाई मायाको चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो भने वडा अध्यक्षहरु नन्दलाल श्रेष्ठ ,मुरारि प्रसाद कुइँकेल, केशब गुरुङ ,नवराज लामा, शिक्षा शाखा प्रमुख डण्डपाणि शर्मा , लेखा प्रमुख रामजी रायमाझी ,युवा तथा खेलकुद समिति अध्यक्ष संजय लामा , विभिन्न शाखा प्रमुख लगायत कर्मचारीहरुले खादा ओढाई भब्य बिदाइ गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सबैको प्रशंसा गर्दै एकछिनलाई नमिठो भएर पछि मिठो हुनुपर्छ तर यस नगरपालिकामा आएको दिनदेखी स्थानीय तहमा काम गरेका विविध अनुभव अनुसार आफ्नो क्षमता प्रस्तुत गर्न नपाएको बताउनुभयो।उहाँले नगरपालिकामा आएको दिन देखि अख्तियारको जवाफ र कर्मचारीलाई कसरी तलब खुवाउने भन्ने बारेमा काम गरेर ब्यतित गर्नुपरेको दुखेसो पोख्नु भएको थियो।
दैनिकजसो मन्त्रालय, कोलनिका, मालपोत, धाउनुपर्ने अवस्थामा जनप्रतिनिधि कर्मचारी सबैको सहयोग रह्यो कार्यसम्पादनको अनुभवको कदर गर्दै सरुवा भएको बताउदै ५० औं स्थानीय तहमा काम गर्ने इच्छा थियो पूरा हुने भयो, उहाँले भन्नुभयो।
नगरप्रमुख, उपप्रमुख,वडा अध्यक्ष कर्मचारी अत्यन्तै सहयोगी र सचेत भएको जानकारी दिदै कार्यशैलीमा संगठन बिकासको लागि केही नमिठो बोलेको भए कार्यलय सहयोगी देखि उच्च तहका सम्पुर्ण कर्मचारीहरु समक्ष क्षमा याचना गर्नुभयो।उहाँले सम्पुर्ण ब्यक्तित्व हरुले दिएको माया र सम्मानको लागि आभार व्यक्त गर्दै गोकर्णेश्वर नगरपालिका समृद्ध नगरपालिका बन्न सफल रहोस् पन्थीले शुभकामना ब्यक्त गर्नुभयो ।
नगर उपप्रमुख सान्नानी लामाले आफ्नो मन्तब्य राख्दै डालोमा मकै नै छैन भोक लाग्यो भनेर के गर्नु" डालोमा मकै नै नभएपछि घोप्ट्याएर राख्नुपरेको प्रसंग जोड्नुभयो।उहाँले प्रमुख प्रशासकीय अधिकृत पन्थीको कार्यक्षमतालाई अब्बल रहेकोमा खुलेर प्रसंशा गर्नुभयो। धेरै स्थानीय तहको अनुभव रहेकोले हाम्रो नगरपालिकामा आर्थिक अभाव, लक्ष्य अनुरुप राजस्व संकलनमा कठिनाइ लगायतका समस्याहरु रहेतापनि " समस्यालाई मुस्कानका साथ नगरपालिकाका हरेक कार्यसम्पादनमा कानुन अनुरुप राम्रो काम र कर्मचारी हरुलाई सुशासन सिकाएर जादै गर्दा नगरपालिकामा आइपरेको चुनौतीको सामना गरेको स्मरण गर्दै जनकपुरको बसाइ स्मरण योग्य रहोस् सु- स्वास्थ्य दीर्घायुको कामना गर्दै गर्मी ठाउंमा यहाँको हाँसोले सितलता प्रदान गरोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा नगरप्रमुख रिसालले छोटो समयमा कुशलता पूर्वक कार्य सम्पादन तथा जनताको सेवामा अनवरत लागिपर्नुभएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी सरुवा भई जनकपुर उपमहानगरपालिका जान थाल्नु भएकोमा केही नराम्रो महशुस भएता पनि राष्ट्रसेवक कर्मचारीहरुको यो प्रक्रिया भएकोले सहजै स्वीकार गर्नुपर्ने बताउनुभयो। नगरप्रमुख रिसालले सफल कार्यकालको शुभकामना बधाई एवम् शुभकामना दिदै प्रमुख प्रशासकीय अधिकृतको रुपमा गोकर्णेश्वरमा पन्थीको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
राष्ट्रसेवक कर्मचारीको प्रक्रियामै पर्ने सरुवा रहेकोले ४९ औं नगरपालिकामा कार्यरत अनुभव रहेकोले उहाँको कार्य क्षमता स्मरण योग्य रहेको बताउदै प्रशासकीय अनुभवलाई लिपिबद्ध गरी देशका अन्य स्थानीय तहहरूमा पनि अनुभव आदानप्रदानमा सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।कर्मचारीहरूले आफ्नो क्षमता र योग्यताअनुसार निःस्वार्थ र इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको र ३८ वर्षको अनुभव रहेको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत पन्थीको स्मरणयोग्य योगदान रहेको बताउदै सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।