दोहा :" प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व "ग्याल्पो ल्होसार" पर्व , विविध कार्यक्रमको आयोजना गरि शुक्रबार सनैया स्थित व्हेलफेयर रेस्टुरेन्टको सभाहलमा मनाइएको छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले (स्यिङ फो डुक लो २१५१ औं ) ग्याल्पो ल्होसार चाड मनाएका हुन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी देश देखी बिदेशमा रहेका नेपाली हरुले भव्यरूपमा मनाउने गर्दछ्न ।
संस्थाका अध्यक्ष पेम्बा शेर्पाको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा एनसिसि कतारका महासचिव रबिन मगर,विभिन्न बैचारिक सङ्गठनका प्रतिनिधि ,महासंघ कतारमा आबद्ध विभिन्न मातृ सङ्गसंस्थाका प्रतिनिधि, लामा गुरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत शेर्पा तथा गैर शेर्पा नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।
सभापती, लामागुरु, प्रमुख अतिथि लगायत बाट ब्यानर उट्घाटन दिप प्रज्वलन तथा रास्ट्रिय गान गाउँदै औपचारिक कार्यक्रमको सुचारु गरिएको थियो । उपाध्यक्ष रबिन शेर्पाको स्वागत मन्तव्य रहेको थियो l
मन्तव्यको क्रममा प्रमुख अतिथि डिएन मगरले २१५१ औ ग्याल्पो ल्होसार प्रवासमा रहेरपनि मौलिक संस्कृति, भेष भुषा धर्म संस्कार सस्कृतिको जगेर्ना गर्दै संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धनमा गरिएको कार्य अतुलनीय रहेको बताए ।
मगरले आफ्नो मौलिक पहिचान जाती धर्म, संस्कार,संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा शेर्पा किदुग दोहा कतारले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा स्थानिय कलाकारहरु साथै गैर आवासीय नेपाली ताराका बिजेता उप बिजेताहरुको उत्कृष्ट साङ्गितिक प्रस्तुति रहेका थियो । साथै विभिन्न कलाकार लगायत लाई मायाको चिनो सहित सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रममा " नेपाल प्रवासी तामाङ समाज, नेपाल मगर संघ,थारु कल्याणकारीणि सेवा समाज कतार लगायतका संघ संस्था द्वारा कोसेली "सगुनलाई" अध्यक्ष पेम्बा शेर्पालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष पेम्बा शेर्पाले निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।औंपाचारिक कार्यक्रम सहजीकरण संस्थाका महासचिव सन्देन शेर्पाले गरेका थिए ।
"भाषा धर्म कला र संस्कृती हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान" भन्ने मुल नाराका साथ सन :२०१७ मा स्थापना गरिएको संस्थाको आयोजनामा हरेक बर्ष "ग्याल्पो ल्होसार "चाड मनाउने लगायत विविध सामाजिक, आर्थिक तथा नैतिक रुपमा दोहाको नेपाली समाजमा अग्रसरता दिदैआएको छ ।