दोहा : गण्डकी प्रदेश समन्वय परिषद कतार, मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजना तथा नेपाली रक्तदांता संघ कतारको समन्वयमा मार्च ८, २०२ ४ शुक्रबारका दिन "बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हमाद (Blood Donar Center) को सभाहलमा बिहानको समय ८ बजे देखि मध्याह्न १२ बजे सम्म रक्तदान कार्यक्रम संचालन भएको थियो ।
रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संघठन,जिल्ला संस्था, सामाजिक अभियान्ता, एनआरएनए,पत्रकार लगायत प्रदेशका विभिन्न व्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएनए कतारका सचिव सन्तोष क्षेत्रीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।"रक्तदान नै जीवनदान" भन्ने मुल नाराका साथ रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस भन्ने हेतुले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २५ जनाको उपस्तिथि रहेको थियो। ५८ जनाले रक्तदानको लागि रजिष्टेसन गरेपनि ४७ जनाले रक्तदान गरेको रक्तदाता संघ,कतारका अध्यक्ष राम जि खत्रीले बताए ।
"रक्तदान आफैमा एउटा पुण्यको काम हो, प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय नभएको र पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य रहेको बताउदै गण्डकी अध्यक्ष सागर पौडेलले आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा रहेको बताए ।
रक्तदाता हरुलाई आयोजक संस्थाका अध्यक्ष सागर पौडेल लगायतले स - धन्यवाद प्रकट गर्दै सम्मान पत्र सहित ढाका टोपी प्रदान गरिएको थियो।