दोहा : लमजुङ सेवा समाज कतारले आफ्नो १५ औं अधिवेशन सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको हलमा सम्पन्न गरेको छ ।
अधिबेशन बाट अध्यक्षमा विनोद प्रसाद बसौला निर्बिरोध निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर,महिला उपाध्यक्षमा कमला गुरुङ,महासचिवमा रविन्द्र भन्डारी,सचिवमा प्रशान्त कुमार, कोषाध्यक्षमा राज श्रेष्ठ, सह कोषाध्यक्षमा रविन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन ।
कार्यसमिति सदस्यहरुमा नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया,कुमारी गुरुङ निर्वाचित भएका छन्। जिल्लामा रहेका नगरपालिका तथा गाउपालिका संयोजक समेत चयन गरेको छ। जसमध्ये बेसी शहर नगरपालिका संयोजकमा परशुराम थापा,मध्यनेपाल संयोजकमा जनक कार्की,राइनास नगरपालिका संयोजकमा देव बहादुर अधिकारी, दोर्दि गाउपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्ल्होसोथार गाउपालिका संयोजकमा फगेन्द्र गुरुङ,मर्स्याङ्दि गाउपालिका संयोजकमा टेक बहादुर गुरुङ दुध पोखरी गाउपालिका संयोजकमा कृष्ण गुरुङ चयन भएका छन्। सुन्दर बजार नगरपालिका संयोजक भने रिक्त रहेको छ ।
समाजलाई सहयोग गरेका विभिन्न संस्था कलाकार पत्रकारहरुलाई कृतज्ञता पत्रद्धारा सम्मान गरिएको थियो ।गैर आवासिय नेपाली ताराका गायन विजेता रुस्तम तामाङ र नृत्य बिजेता निरु श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै कुमारी गुरुङ ,कमला गुरुङ,मगंल बिक र पुर्व अध्यक्ष नवराज नखोला लाई दोसल्ला ओढाएर सम्मान सम्मान पत्र सहित सम्मान गरिएको थियो ।समाजले गरेका दुई वर्षे कार्यकालको कार्य प्रगति प्रतिवेदन सचिव बिनोद थापा मगरले पेश गरेका थिए । कार्यक्रममा उपस्थित विभिन्न कलाकारले आफ्नो साङ्गितिक प्रस्तुति पस्किएका थिए ।
सभाहलमा पुस्तकहरूको स्टल , शारीरिक तौल चेक गर्ने मेसिनका साथ, प्रवेशद्धार मै पुराना कपडा सकंलन गरेर सहयोगको लागी कार्टुनमा कपडाहरु समेत सकंलन गरिएको थियो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक, सामाजिक जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,कलाकार पत्रकारहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो। शुभकामना वक्ताहरुले समाजले उदाहरणिय र उल्लेखनीय सामाजिक कार्य गर्दै आईरहेको बताउदै खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलले र समाजका अध्यक्ष सिताराम थापाको सभापतित्व रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष बिनोद प्रसाद बस्यौलाले स्वागत मन्तव्य राखेको थिए भने सहजीकरण समाजका महासचिव बिनोद थापाले गरेकाथिए ।