रोल्पा, गंगादेव गाँउपालिकाको जिनावाङ स्वास्थ्य चौकीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुनद्वारा उद्घाटन गरिएको निशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी केसी,वडा नं ७ का वडा अध्यक्ष प्रेम प्रकाश केसी, प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर वली,जनप्रतिनिधिहरु,कर्मचारी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
गंगादेव गाउँपालिका रोल्पा र सिटि अस्पताल तुल्सीपुरको संयुक्त आयोजनामा भएको निशुल्क शिविरमा करिब ८५६ जना बिरामीहरुले प्रत्यक्ष सेवा लिएका छन। अधिकतम सेवा लिने बिरामी संख्यामा महिलाहरु रहेका भने जस अनुसार पुरुष २१४ जना र महिला ६४२ जना रहेका छन।
त्यसैगरी अन्य सेवा लिने बिरामीहरु भिडियो एक्सरे सम्बन्धि सेवा - १४० जना, इसिजी -१३१ र सुगर -१७० जना बिरामीहरुले सेवा लिएको जिनावाङ स्वास्थ्य चौकीका इन्चार्ज दोर्ण डाँगीले मुग्लानी खबरलाई जानकारी दिएका छन।
पुर्व जारी सुचना अनुसार पेट,कलेजो मुटु,मृगौला, हाडजोर्नी,नसा, नाक कान घाँटी, स्त्री तथा प्रसुती,हर्निया हाइड्रोसिल लगायत विविध समस्या सम्बन्धि चेकजाँच,उपचार तथा परामर्श गरिएको थियो।
निशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गर्ने चिकित्सकहरूमा डा. हेमराज शर्मा,डा. सुमन केसी,डा.रबि आचार्य, डा. वसन्त रेग्मी, डा. सोमनाथ भन्डारी,डा. राकेश श्रेष्ठ,डा.नुरज श्रेष्ठ,डा. सन्देश लम्साल, डा. नवीन गौतम र डा. श्रेया सिंहको टिम रहेको थियो।त्यसैगरी प्यारामेडिक्स तर्फ फार्मासिस्टहरु माधुरी रावत र स्वेच्छा भण्डारी,ल्याब असिस्टेन्टहरू बुद्धिराज सापकोटा, केस बहादुर वली रहेका थिए साथै तुल्सीपुर सिटी अस्पताल प्रालिका प्रबन्ध निर्देशक हेमराज बस्नेतको बिशेष भुमिका रहेको थियो।
उक्त निशुल्क शिविरबाट गरिब बिपन्न आर्थिक अभावका कारण उपचार गर्न असमर्थ स्थानियवासीका लागि अत्यन्तै प्रभावकारी भएको र स्थानीयवासीबाट जनताको स्वास्थ्य सम्बन्धि संवेदनशील बिषयमा चासो राखी निशुल्क शिबिर संचालन गरेकोमा आयोजक गंगादेव गाउँपालिका प्रति धन्यबाद ब्यक्त गर्दै स्वास्थ्य सेवामा खटिनुभएका चिकित्सक लगायत सम्पुर्ण टिम प्रति आभार प्रकट गरेका थिए।
त्यसैगरी गाउँपालिका उप प्रमुख अमृता कुमारी केसीले यो निशुल्क शिबिर छोटो समयमा पनि अत्यन्तै प्रभावकारी सेवा प्रदान गर्नु भएकोमा तुल्सिपुर सिटी अस्पताल प्रालीलाई धन्यबाद ब्यक्त गर्दै महिलाहरुको समस्या र सेवा लिनेको संख्या समेत अत्यधिक भएकोले महिलाहरुका पाठेघर मुखको क्यान्सर लगायत अन्य रोगको परिक्षण र परामर्शका लागि बिशेष पहल गर्ने मुग्लानी खबर संग बताउनु भएको छ।साथै गाउँँपालिका अध्यक्ष हरि बहादुर पुनले स्थानिय बासीहरूको मागलाई मध्येनजर गर्दै आगामी दिनहरुमा समेत विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी समस्या र निराकरणका लागि निशुल्क शिबिरहरु संचालन गर्दै जानेमा बिश्वस्त पार्दै गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बढ्ने समेत अगाडि बताउनु भएको छ ।