दोहा : पाल्पाली सेवा समाज कतारले "आठौं " अधिवेशन सम्पन्न सम्पन्न भएको ।
"पाल्पाली सेवा समाजको प्रतिबद्धता निस्वार्थ सेवा समाज सेवा आजको आवश्यकता" भन्ने मुल नाराका साथ सन : २००७ मा स्थापना भएको समाजको आठौं " अधिवेशनबाट अध्यक्षमा विश्वनाथ भट्टराई निर्विरोध निर्वाचित भएका हुन ।
त्यसैगरि अन्य पदाधीकारीहरुमा वरिष्ठ उपाध्यक्षमा विकास गैरे (बिक्की), उपाध्यक्षमा दामोदर पाण्डे, महासचिवमा मदन भण्डारी(मदन), सचिवमा इश्वोर काफ्ले, सचिवमा कमल भुसाल, कोषाध्यक्ष ऋषिराम श्रेष्ठ, सह-कोषाध्यक्ष हिरालाल बस्याल, महिला संयोजक धन कुमारी श्रेष्ठ रहेका छ्न l
कार्यसमिति सदस्यहरुमा विवेक गैरे, मोहन मगर, नारायण वस्याल, विष्णु बहादुर नेपाली, शरण भुसाल, सुरेश बिसी, बोम बहादुर ढेङ्गा, कमल भुसाल चयन भएका छन् । दुईजना सदस्यलाई समाजले पहिलो बैठकले चयन गर्ने जानकारी प्राप्त भएको छ ।
समाजका अध्यक्ष महल केसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुराराईको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनमा कतारमा कतारमा स्थापित विभिन्न बैचारिक संघ -सस्था, सामाजिक, जिल्लागत, जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा जिल्लाबासी सहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
समाजका उपाध्यक्ष विश्वनाथ भट्टराईले स्वागत मन्तव्य र २०२१-२०२३ कार्यकालको प्रगति प्रतिवेदन समाजका सचिव विकाश गैरेले पेश गरेका थिए ।भने उपस्थित सम्पुर्ण अतिथीहरुलाई नेपालीहरुको मौलिक पोशाक पाल्पाली ढाका टोपीले स्वागत गरिएको थियो। तमु (गुरुङ) समाज कतारले पाल्पाली सेवा समाजलाई सगुन ( कोशेली) स्वरुप प्रदान गर्दै सभापतिलाई फेटाद्धारा सम्मान गरेको थियो ।
समाजले आयोजना गरेका विभिन्न गतिविधिहरुमा विशेष सहयोग पुर्याउने संस्थाका व्यक्तित्व प्रदेश अन्तर्गतका जिल्ला संस्था,खेलाडी पत्रकार कलाकारहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।
प्रमुख अतिथि गुराँगाइले पाल्पा जिल्ला नेपालकै ऎतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थल रहेको हुँदा पर्यटनको प्रचुर सम्भावना रहेको तर प्रचार प्रसारको कमि हुँदा केहि अत्यन्तै महत्त्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थल ओझेलमा परेको बताए । गुरागाइले नेपालीहरुको शान, शिरलाई उच्च राख्ने पाल्पाली ढाका टोपी पाल्पा जिल्लाको प्रख्यात रहेको बताउदै पाल्पाली सेवा समाजले गरेका थुप्रै सामाजिक कार्यको प्रशंसा व्यक्त गरे ।
कार्यक्रमको सिलसिलामा केही समय पहिला कतार आएका चर्चित कलाकार हरु लोक दोहोरी गायिका रुस्मा सिञ्जाली मगर, गायक तथा सर्जक डोलराज बार्हघरे, लोक गायक अर्जुन कुवरले विशेष साँस्कृतिक प्रस्तुति दिएका थिए । प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो। कार्यक्रममा स्थानीय कलाकार,तमु ( गुरुङ) समाज कतारका कलाकारहरुले एकल नृत्य सामुहिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन गर्दै सभापती केसीले आफ्नो कार्यकाल सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गरे।