दोहा : नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व" माघ्या सकराटी" (मिनाम सार ल्हेस) ५०१७ भव्य रूपमा मनाइएको छ ।
संघका अध्यक्ष रेसम आले मगरको अध्यक्षता र कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्ट,लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख हरुको उपस्थिति रहेको थियो ।
दीप प्रज्वलन, राष्ट्रिय गान, ज्ञात अज्ञात शहीदप्रति सम्मान गर्दै मौन धारणासहित औपचारिकरूपमा शुरुवात गरिएको कार्यक्रममा द्वितीय उपाध्यक्ष कुमार राहादी मगरले स्वागत मन्तव्य राखेका थिए । माघे संक्रान्तिको महत्वका बारेमा कार्यक्रम संयोजक देवी घर्ती मगरले प्रकाश पारेकी थिइन्
संघमा आवद्ध रहेका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गर्दै अघि बढेको कार्यक्रममा सभापति,प्रमुख अतिथी, विशिस्ट अतिथिहरुलाई खादा र फेटाद्धारा सम्मान गरिएको थियो । एरिया समिती तथा सघंको साँस्कृतिक परिवारमा रहेका कलाकारहरुले सामुहिक नृत्य, एकल नृत्य तथा सालैजो, हुर्रा झ्याउरे जस्ता नृत्य पस्केका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले यो चाड नेपालमा बसोबास गर्ने विभिन्न जात जाती मगर समुदाय बाहेक, थारु, लगायका समुदायले आ–आफ्नै तरिकाले भव्यरूपमा मनाउने एक राष्ट्रिय पर्व भएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे ।
शुक्रबार कतारको अलअरवी स्पोर्टस क्लबको सभाहलमा "माघ्या सकराटी" विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अतिथि कलाकार सहित स्थानिय कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुतिमा ´आफ्नै मौलिक भेषभुषामा सजिएका हजारौं मगर सहित विभिन्न जात-जातीका युवायुवती हरुले रमाइलो गर्न कुनै कसुर बाकी राखेनन ।
अतिथि कलाकार लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरले सांगीतिक प्रस्तुति गरिन ! उनले कोदोको पानी,सम्झनाले ,चन्चले,कसम खाए जस्ता आधा दर्जन गित प्रस्तुत गर्दै भरपुर्ण मनोरञ्जन प्रदान गरिन्।
त्यसपछि स्टेजमा उक्लिएका कमेडियन, गायक तथा सर्जक अर्जुन कुँवरले आफ्ना चर्चित आँशुको कारखाना, दिल खोलेरलगायतका गीतहरू प्रस्तुत गरे ।
दुई चरण गरेर सांगीतिक प्रस्तुति दिएका अतिथि कलाकारहरूमध्ये गायक, सर्जक तथा संगीतकार डोलराज बाह्रघरेले आयो संक्रान्ति, संक्रान्तिको शुभकामना, साइँलो घयरी वनमालगायतका आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।
नृत्यंगना अस्मिता रानाले चर्चित नेपाली लोक दोहोरी गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन् । कार्यक्रम अवधिभर संघमा आवद्ध विभिन्न कलाकारहरूले स्वागत नृत्यसहित सामूहिक नृत्य र एकल गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किरात मूल समारोह आयोजक समिति, तमु (गुरुङ) समाज, नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारी सभा, किरात याक्थुङ चुम्लुङलगायतका जनजाति महासंघमा आवद्ध मातृसंस्थाहरुले आयोजक संघलाई कोसेली उपहार स्वरूप प्रदान गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति मगरले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटेका विभिन्न एरिया कमिटी स्वयंसेवक र विभिन्न दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
औपचारिक कार्यक्रमलाई संघका महासचिव समीर थापा मगरले तथा सांस्कृतिक कार्यक्रमलाई संघका सचिव सोम थापा मगर र कार्यक्रमकी उप-संयोजक तथा केन्द्रीय सदस्य रबिना मगरले संयुक्तरूपमा सहजीकरण गरेका थिए ।