गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित
‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’
को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिताबाट गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट चुनिएका छन् ।
फाइनलिष्ट पाँचमा
गायन विधाबाट
१. दीपक कुमार घले (भोटिङ नं. १),
२. इशान रेग्मी (भोटिङ नं. २),
३. सुजन गुरुङ (भोटिङ नं. ३),
4. मानसिङ परियार (भोटिङ नं. ४)
५. रुस्तम तामाङ (भोटिङ नं. ५)
नृत्य विधाबाट
१. जुनु माया कुमाल (भोटिङ नं. १),
२. सरोज लामा (भोटिङ नं. २),
३.निरु श्रेष्ठ (भोटिङ नं. ३),
४. झरना राई (भोटिङ नं. ४)
५. सौजन चहार (भोटिङ नं. ५) रहेको छ ।
‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा संगीतकार प्रभात त्रिपाठी रहेका थिए ।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् ।पर्यवेक्षकद्वय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अवधिभर निरीक्षण तथा सहभागीलाई सुझाव राखेका थिए ।
एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा बोल्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे ।
आयोजक संस्था तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङसहित एनआरएनए आईसीसीका विभिन्न तहका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ? यसको Grand Finale ०२ फेब्रुअरी २०२४ मा हुनेछ ।