शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरुलाइ आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरु संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरु गरिएको छ । विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उदेश्यले एप्लिकेशनको सञ्चालनमा ल्याइएको हो ।
उक्त एप्लिकेशन अमेरिकी कम्पनी Digital Formulation LLC ले निर्माण गरेको हो । जसमा गुगल र माइक्रोसफ्ट भन्दा बढी फिचरहरु छ । साथै, एप प्रयोगकर्ताहरुको लागि अनुकूल र कतिपय सुविधाहरु निःशुल्क छ ।
ओम्नियुज प्लेटफर्म फरकफरक तीन तरिकाले प्रयोग गर्न सकिन्छ :(वेब एप, मोबाइल एप र कनेक्ट API ) (Web app, Mobile app, Connect API) र एप्लिकेशन एकअर्कासँग जोडिएको छ ।
ओम्जियुज वेब एप्लिकेशनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेश गरेको फर्मलाई म्यानेज गर्छ । ओम्नियुज मोबाइल प्रयोगकर्ताहरुले आफुलाई चाहिएको विवरणहरु हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन । कनेक्ट एपले मोबाइल र वेब एप्लिकेशनबीच जोड्छ । साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफुलाइ नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ ।
यस सिष्टमको उद्देश्य विभिन्न संघसंस्थाहरु र ग्राहकहरुको (customers) फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने हो ।
यसमा नेपाली, हिन्दी र अग्रेजी भाषा समावेश गरिएको छ । जसले गर्दा कुनैपनि संघसस्थाहरुको फर्म खोज्न, हेर्न भर्न सहज हुने र आवश्यक परेका डकुमेन्ट तथा जानकारीहरु प्राप्त गर्न सकिन्छ । एपले आइटी क्षेत्रको विकास र रोजगारी सिजर्ना गर्न सहयोग गर्ने विश्वास छ ।
ओम्नियुज मोबाइल एप Flutter बाट बनाएको छ जसले गर्दा धेरै मोवाइल मा चलाउन सकिन्छ त्यसैगरी वेब एप PHP र विजनेस लजिक जाभा (JAVA) बाट निर्माण गरिएको छ ।
ओम्नियुज वेबमा रेगुलर र सब्सकृप्सन (Regular and Subscription) गरेर दुईवटा संस्करण छ । रेगुलर मोडेल विभिन्न संघसंस्थाहरुको लागि बनाएको हो, यसलाइ संस्थाहरुले आफ्नै सर्भरमा पनि राख्न सक्नेछन । रेगुलर मोडेलमा सुविधाहरु अनुसार मूल्य राखीएको छ । सब्सकृप्सन मोडेल सम्पूर्ण संघसस्थाहरुको लागि निःशूल्क छ ।
ओम्नियुज एप्लिकेशनमा छोटो समयमा फर्म बनाउन, प्रकाशन गर्न र व्यवस्थापन गर्न सकिन्छ ।
यस प्लेटफर्ममा स्वचालित प्रक्रिया भएकाले कुनैपनि व्यवसायीहरुलाई व्यापार व्यवस्थित गर्ने, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढान मद्दत गर्छ । एक क्लिक मै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले समयको बचत हुन्छ ।
फर्म फिल्ड Drag and Drop मुख्य फिचरको रुपमा छ जसले गर्दा प्राविधिक वा अप्राविधिक सबैले सजिलै सँग फर्म बनाउन सकिन्छ । साथै फर्म फिल्ड्स विभिन्न भाषामा छ ।
ओम्नियुज मोबाइल एप त्यस्ता ग्राहक वा प्रयोगकर्ताहरुको लागि हो, जसले प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फर्म भर्नु पर्ने हुन्छ । जस्तै : विद्यालय, कलेज, विश्वविद्यालय, इन्टर्नशिप, जागिर, बैंक खाता खोल्न र सरकारी फारमहरु । साथै, यस एप्लिकेशनमा विश्वभर रहेका कुनैपनि डिजिटल आवेदन फर्महरु खोज्न, हेर्न र आवेदन दिन सकिन्छ । ओम्नियुजको मोबाइल एप आईओएस र एन्ड्रोइड फोनमा निःशुल्क उपलब्ध छ । मोबाइल प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्टहरु एप्लिकेशनमा राख्न सक्नेछन ।
अटोफिल प्रमुख फिचर हो । जसले एक पटक पेस गरेको फर्म स्वःत भर्छ, यसले गर्दा प्रयागकर्ताहरुले उही फर्महरु बारम्बार भर्नु पर्दैन ।
ओम्नियुज वेब एप्लिकेशनको उद्देश्य सबै व्यापार सहित स्कुल, केलज, विश्वविद्यालय, मेनपावर, अस्पताल, कर्पाेरेट संस्थाहरु, स्थानिय तथा संघीय सरकार र एनजिओ तथा आईएनजिहरु लगाएतका संघसंस्थाहरुलाई सेवा प्रदान गर्नु हो । जसलाई अनलाइनबाट फर्म भर्न आवश्यक पर्छ ।
ओम्नियुज एप्लिकेशनले गुगल र माइक्रोसफ्टभन्दा उत्कृष्ट सुविधाहरु प्रदान गर्छ । समग्रमा ओम्नियुज एक डिजिटल प्लेटफर्म हो, जसले संस्थाहरुलाई मोबाईल एप र वेबमार्फत डिजिटल ग्राहकसम्म पुग्न सहयोग गर्छ ।
ओम्नियुजको नेपालको आधिकारिक वितरक तथा प्राविधिक सहकार्य डि–टेक अफिस सिस्टम प्रा.ली (www.d-tech.com.np) ले गरेको छ । डि–टेकले विगत १५ वर्ष देखी वेब तथा सफ्टवेयर तथा कर्पोरेट सेवा प्रदान गर्दै आएको छ । एप्लिकेशनको मार्केटिङ डिस्कभर सिटी प्रालिले गरेको छ ।
www.omniusenepal.com सबक्रिप्सनमा आधारित ओम्नियुज वेब तथा मोवाइल एप्लिकेशन हो । यसको सेवा २०२३ अप्रिल १४ मा सुरु गरिएको थियो । जुन १५ देखि काठमाडौंका कन्सलटेन्सीहरुलाई लक्षित गरेर मार्केटिङ गरिएको थियो । त्यसपछि ओम्नियुज प्लेटफर्म विभिन्न परामर्शदाताहरूले फर्म बनाउन, प्रकाशित गर्न र व्यवस्थापन गर्न प्रयोग गरेका थिए ।
फर्म बुझाउन ग्राहकहरूले मोबाइल र वेब एपहरू प्रयोग गरेका थिए ।
www.omniusenepal.com सर्भर र डाटाबेस नेपालमा छ, त्यसैले नेपालीको डाटा नेपाल भित्रै रहन्छ । प्रयोगकर्ताको माग र सयमअनुसार आगामी दिनमा एपलाई थप अभुतपूर्व बनाउदै भविष्यमा थप नयाँ फिचर र व्यवाहारिक बनाउदै लैजाने छौ । ओम्नियुजको ट्रेडमार्क र प्याटेन्ट समेत दर्ता गरिएको छ ।