काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ मा निशुल्क स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्बन्धी शिबिर सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको सहकार्यमा वडा नं ९ स्थित स्वास्थ्य शाखामा भएको शिविरमा गोकर्णेश्वर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,टिचिङ हस्पिटलमा कार्यरत बरिस्ठ सर्जन डा . वाईपी सिङ,बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. निभा लाकोल ओझा,डा. सोनिया केसी, डा. प्रमेश्वरी श्रेष्ठ, नर्सहरु सर्मिला कटुवाल, सुनिता घले, स्वास्थ्य चौकी प्रमुख ललिता लामा,महिला स्वास्थ्य स्वयं सेविकाहरु,आम्दा नेपालका कर्मचारीहरु,सामुदायिक सेवा केन्द्र जोरपाटी तथा सामुदायिक प्रहरी जोरपाटी लगायतको प्रत्यक्ष सहभागीता रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष राजिब थापा,वडा सदस्यहरु लक्ष्मी देवि गुरुङ,उमेश चालिसे र श्रीकृष्ण कारञ्जित लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
महिलाहरुमा देखिने सबै भन्दा बढी खतरा रोगहरु मध्ये स्तन र पाठेघर मुखको क्यान्सर भएकोले उक्त रोगबाट कोहि कसैलाई पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्य अनुरुप यो शिबिर संचालन गरिएको हो।बिहान ९ बजे देखि २ बजे सम्म संचालन गरिएको शिविरमा करिब ७० जना भन्दा बढी स्थानिय महिलाहरुले सेवा लिएको स्वास्थ शाखा प्रमुख उपाध्यायले मुग्लानी खबरलाई जानकारी दिएका छन।
स्वास्थ्य शाखा प्रमुख उपाध्यायका अनुसार नगरपालिका भित्र रहेका विभिन्न वडामा निशुल्क शिबिर संचालन गर्ने क्रममा वडा नं ९ मा गरिएको छ।जुन जनताकै घर घर आँगनमा सेवा प्रवाह गर्ने उदेश्य र चाहाना अनुरुप संचालन गरिएको शिविरमा महिलाहरुमा भएको रोगको पहिचान गरि त्यसको उपचार गर्नको लागि शिबिर संचालन गरिएको बताउदै रोग पहिचान भैसकेका महिलाहरुलाई गोकर्णेश्वर अस्पताल,नेपाल मेडिकल कलेज,आम्दा नेपाल लगायतका अस्पताल संग सहकार्य गरि अगाडि बढिने बताएका छन।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस...