काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको हात्तेपाईले स्वावलम्बी महिला समूहद्वारा संचालित साबुन बनाउने मेसिन उद्घाटनमा साबुन निर्माण गरिने कच्चा पदार्थ, अबस्था उत्पादक साबुनको किसिम लगायत कुराहरु अबलोकन गरि उद्घाटन गरिएको थियो।
महिला समूहकी अध्यक्ष संगिता अधिकारीको सभा अध्यक्षता तथा संघिय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता, नगर प्रमुख दिपक कुमार रिसालको बिशेष आतिथ्यमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइँकेल,पुर्ब उप नगर प्रमुख शान्ती नेपाल,पुर्ब वडा अध्यक्ष राजेन्द्र भन्डारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,स्थानिय दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
आत्मनिर्भर र आर्थिक समृद्धिका लागि उत्पादनलाई बढावा दिनको लागि साबुन बनाउने मेसिनको उद्घाटन गरिएको हो। चन्द्रकान्त वाग्लेद्वारा सहजीकरण गरिएको कार्यक्रममा मन्तव्य राख्नेहरूमा वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइँकेल,कार्यक्रमका बिशेष अतिथी तथा नगर प्रमुख दिपक कुमार रिसालले राखेका थिए।मन्तब्यमा नगर प्रमुख रिसालले गोकर्णेश्वरका छोरी बुहारी चेली सम्पुर्णलाई तालिम दिई सक्षम बनाउने उदेश्य रहेको बताउदै यो साबुन बनाउने मेसिन उद्घाटन पश्चात् उत्पादनमा यसले प्रमुख भुमिका खेल्ने बताएका थिए।
मन्तव्यका क्रममा प्रमुख अतिथी संघीय सांसद सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाले तेस्रो स्टेजमा काम गर्दै आएको बताए।पहिलो स्टेज तालिम, दोस्रो स्टेज उत्पादन र तेस्रो स्टेजमा मार्केटिङ र बजार ब्यवस्थापनको जरुरी रहेको बताउदै
अनलाईन बिज्ञापन,अनलाइन मार्केटिङ र स्थानिय उत्पादनलाई प्राथमिकता दिदै प्रचार प्रसार गर्नुपर्ने,लोगो निर्माण गरि प्रत्येक किचेनका भित्तामा टासेर राखी अगाडी बढ्नुपर्ने सुझाव सल्लाह समेत दिदै उत्पादन सफल रहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए।
अन्त्यमा उद्घाटन समारोहकी सभा अध्यक्ष संगिता अधिकारीले नगरपालिका,वडा जनप्रतिनिधिहरुको साथ सहयोगले मात्र यहाँ सम्म आईपुगेको बताउदै आगामी दिनहरुमा पनि साथ सहयोगको पुर्ण अपेक्षा गर्दै ब्यस्त समयका बाबजुद पनि समापन कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन।