संखुवासभा, नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउदै आउनु भएकी साहित्यकार तारा घिमिरेका दुई गजल यस प्रकार रहेका छन् l
गजल - १
मार्ग पुन्य रोजेर आउनूँ l
पाप कर्म रोकेर आउनूँ l
धर्मको कुरा साधना गरी
देव भूमि ढाेगेर आउनूँ l
भन्न भाछ गाह्रो सधैं यहाँ
को छ के छ सोधेर आउनूँ l
साथमा तिमी छौ भने सधैं
जिन्दगी छ सोचेर आउनूँ l
जातमा छ होला समान त्यो
मिल्छ हात हेरेर आउनूँ l
गजल - २
सताएर होला सधैं सम्झनाले l
गयौ भेट्न आजै तिमी तिर्सनाले l
पुजेको छु ढुङ्गा बढाे भक्ति गर्दै
पुरा हुन्छ इच्छा अझै अर्चनाले l
पुगेँ पाठशाला सिकेको छु राम्रो
छु लेख्दै गजल सूत्रमा साधनाले l
गरेको थिएँ आस मैले तिमीमा
दुखाएर जान्छौ हदै यातनाले l
हुने छैन टाढा सधैं साथ पाए
सजाएर राख्थेँ अझै चाहनाले l
✍️तारा घिमिरे - संखुवासभा