सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १९ जना यात्रु र चालक दलका तीनजना सवार रहेको खुलेको छ।
बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको नाइन एन एईटी कलसाइन भएको ट्वीनअटर जहाजमा दुई जर्मन, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको खुलेको हो।
जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए । जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयरहोस्टेज क्रिष्टी थापा थिए ।
यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ, यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार थिए ।