छाउ गाेठकाे ढाेकाबाट चियाइ रहेकाे,
मलिन अनुहार र उदास अखा ।
त्यहाँ उनकाे अंतर भित्र
पिडा र आक्राेस उम्लिदै छ।
सृष्टि संरचनाको लागि फुटेकाे
रज चिन्ह , कसरी अपबित्र ..
नवजीवनकाे स्वागतकाे
तयारीमा आयकाे ताप
खाेलाकाे पवित्र जलमा पखाल्न
किन नहुने ?
प्रकृतिको नियम ....
नारी पुर्णता ........
अनि आमा बन्न लायकको याे पर्व
अवान्छनीय किन ??
किन अपराध भयाे याे रज दर्शन
किन नारी अस्मिताकाे प्रतीक रज निवृत्तिले
पुरुष दम्भ आहत भयाे
पुरुष सत्ताकाे दमनमा पिल्सिएर
किन भाेग्नु पर्याे याे दण्ड ???
छाउ गाेठमा बन्दी भएर बस्नु पर्ने
भय त्रास र आतङ्ककाे साम्राज्य
छाउ गाेठमा !!
पुरुष दासत्व
अनि कुसस्कारकाे खाेल अाेडेर
कहिले सम्म बस्नु पर्ने ....
नारी अस्मिताकाे प्रतिक रजाे निवृत्तिकाे छाउ
गाेठकाे बन्धि किन ??
अब त चेतनाकाे दियाे बालेर
छाउ गाेठ डढाउनु छ...
चेतननाकाे हतियारले
छाउ गाेठ भत्काउनु छ...
छाउ गाेठकाे बन्धिबाट
नारीहरुलाइ छुट्कारा दिलाउनु छ!!