काठमाडौं - गोकर्णेश्वर नगरपालिकाको वडा न ९ आरुबारिमा स्थित श्री शिवशक्ती क्याट्रीङ को हलमा एक कार्यक्रमको आयोजना गरि बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आ एम ई चाबहिल शाखाका प्रबन्धक राजु देवकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश प्रतिनिधि सभा सदस्य माननीय छिरिङ दोर्जे लामा रहेका थिए।त्यसैगरी विशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा न ९ का वडा अध्यक्ष राजिब थापा रहेका थिए भने अतिथिहरुमा वडा न ९ का वडा सदस्यहरू सत्यभामा श्रेष्ठ,गमला नेपाली,हरिकृष्ण कारन्जित लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।
बैंकका शाखा प्रबन्धक राजु देवकोटाले अहिलेको एक्काइसौं सताब्दीमा आईपुग्दा विश्व दुनियाँ प्रबिधीमयि भएको छ।जसनुसार कार्यक्रममा मोबाईल बैंकिङ,ईन्टरनेट बैंकिङ,डेबिट/ क्रेडिट,क्यु आर कोड पेमेन्ट,ट्राभल कार्ड,ईकम( यु एस डी) कार्ड,मिस्ड कल बैंकिङ र भाईबर बैंकिङ को प्रयोग बारे बताएका थिए।
प्रमुख अतिथी छिरिङ दोर्जे लामाले बोल्दै विश्व दुनियाँ जस्ले विभिन्न एप्सको प्रयोग गर्दै मोबाईल बैंकिङ बाट सम्पुर्ण कार्यहरु घरमै अफिसमै अथवा जहाँसुकै बसेर पनि गर्न सकिने भएको हुदा आजको कार्यक्रमले सबैलाई बुझ्न सजिलो भएको बताएका थिए।
कार्यक्रममा बिसेश अतिथि राजिव थापाले बोल्दै ग्लोबल आइ एम ई को डिजिटल प्रयोग सम्बन्धी रहेर गरिएको कार्यक्रम अत्यन्तै सान्दर्भिक र समय सापेक्ष रहेको बताए भने नेटवर्किङ बैंकिङ ट्रान्सेक्सन गर्दा केही झन्झटिलो र फोन नउठ्ने जस्ता गुनासोहरु राख्दै बैंकको ध्यानाकर्षण समेत गराएका थिए।त्यसैगरी कार्यक्रममा निमन्त्रणालाई स्विकार्दै उपस्थित हुनुहुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका थिए l