काठमाडौं - मनास्लु वर्ड कलेजले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा 'मनास्लु अन्तर बिधालय तिज एकल नृत्य प्रतियोगिता- २०७८' चुच्चेपाटी चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न भएको छ।
कोभिड १९ काे विषम परिस्थितिलाई ध्यानमा राख्दै मनास्लु कलेजले तीजकाे पावन अवसरमा अन्तर विद्यालय तीज एकल नृत्य प्रतियाेगिता कार्यक्रम मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व तथा बरिष्ट कलाकार भुवन चन्दको प्रमुख आतिथ्यमा भएको हो।त्यसैगरी कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाका अध्यक्ष बुद्ध लामा,निर्णायक मण्डल महेश गोदार कलेजका शिक्षक शिक्षिका तथा कर्मचारीहरु,नृत्य निर्देशकहरु विभिन्न विद्यालयका प्रधिनिधिहरु लगायत बिशिस्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगितामा करिब १५ जना प्रतिस्पर्धीहरु : पेमा ल्हामु शेर्पा,निशा घिसिङ ,अन्जली लामा ,रेजिना लामा ,प्रमिला खत्री, सुनिता मगर ,सूचना तामाङ,मिङ्गमा शेर्पा ,मोनीका गुरुङ ,गंगा लामा ,डोल्मा शेर्पा ,जोस्ना धिमाल,कृतिका मगर ,सबिना लामा ,शुष्मा पाख्रीन रहेका
थिए।
चर्चित कलाकार महेश गोदार र कल्पना रजक पुनको निर्णायक मन्डल रहेको उक्त प्रतियोगितामा प्रथम स्थान : मिङ्गमा शेर्पा, द्वीतिय स्थान : गंगा लामा र तृतीय स्थान : मोनीका गुरुङले हात पार्न सफल भएका थिए।बिजयीहरुलाई प्रथम पुरुस्कार नगद रु.१०,०००, मेडल र प्रमाण पत्र,द्वीतियलाई नगद रु. ७०००,मेडल र प्रमाण पत्र र त्रितियलाई नगद रु. ५०००,मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बोल्दै मनास्लु कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको हुँदा विद्यार्थीको संख्या मात्र नभएर असल विद्यार्थी उत्पादन र एक्काइसौं सताब्दीमा गुणस्तरीय शिक्षा कलेजको मुख्य उदेश्य रहेको बताए । अध्यक्ष लामाले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सशी खड्काले गरेका थिईन।