दिलमाया तामाङ- इतिहास पल्टाएर हेर्ने हो भने हाम्रो पुर्खाले कयौ पटक बिदेशीलाई घुडा टेकाएका अकाट्य प्रमाणहरु छन!
हो छाती फुकाएर मेरो देश नेपाल र म नेपाली हुँ भनेर गर्व गर्ने देशका नागरिक हौ हामी।शिर झुकाएर होईन शिर उठाएर बिश्वमा चिनिएका नेपाली हौ हामी।तर बिस्तारै परिवर्तन र बिकासका नाममा नेपाली जनतालाई झुक्याएर आज घुडा टेकेर बिदेशीको तलुवा चाट्दै भिख माग्न उद्धत नालायक सरकारले राष्ट्रघाती सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन ( MCC) संसदबाट पारित गर्न मरिमेटी लागिरहेको छ भने कसैले पनि एम सी सीका बिरुद्धमा आवाज उठाउने जो कोहिलाई पनि कार्बाही गर्ने भन्दै प्रेस बिज्ञप्ति समेत जारी गर्दै सम्पुर्ण सुरक्षा निकायलाई उच्च सतर्कता रहन आदेश जारी गरेको छ।
"जुन जोगि आएनी कानै चिरेको भनेझै" चाहे त्यो नेकपाको दुई तिहाईको सरकारको हओस वा सत्तारुढ दल नेपाली कांग्रेसको गठबन्धनको सरकार हओस जस्ले पनि सत्तामा पुगिसकेपछी उहीँ तरिकालाई अबल्म्बन गरेको देखिन्छ।भ्रष्टाचारि ,अपराधी, बलत्कारी ,सुन तस्करी , वाइडबडी विमान कान्ड,बालुवाटारको जग्गा बेचेर खाने दलाल तस्करहरुलाई कारबाही गर्नु त कता हो कता उल्टै मन्त्री बनाइन्छ ढाकछोप गरिन्छ,राम्रालाई भन्दा हाम्रालाई भन्ने सोच हावी भएको छ,ठुला दलालहरुलाई कर नतिर्दा पनि कारबाही हुदैन तर एम सी सी जस्तो राष्ट्रघाती सम्झौताको बिरोध राष्ट्रघाती हो भन्दा कार्बाही गर्नुपर्ने?के देशका बिरुद्ध,मुलुकका बिरुद्ध हुन लागेको एम सी सी जस्तो राष्ट्रघाती सम्झौता बिरुद्ध बोल्ने आम राष्ट्रबादी नागरिकको नैसर्गिक अधिकार होईन?खोई बिधिको शासन ? यो लोकतन्त्र कि राणाशासन?
जनता सिटामोल नपाएर मर्नुपर्ने नेताहरु राज्यको ढुकुटीबाट करोडौ कुम्ल्याएर उपचारको नाममा इन्डिया अमेरिका सिङ्गापुर गएर राज्यको करोडौंको ढुकुटी लुटाउने हो भने स्वास्थ्य मन्त्रालय केका लागी? भोट दिने नेपाली जनताका छोराछोरी सरकारी स्कुलमा समेत पढ्न धौधौ पर्ने तर नेताका छोराछोरी पढ्न बिदेश जानुपर्ने ? कस्तो नीति यो? यो नीति को कि बेथिती?
नेपाली जनतालाई गुम्राहमा पारेर छलेर ढाटेर "काले काले मिलेर खाउ भाले भनेझै" नेताहरुले परिवर्तनको नाममा देशलाई उदोगती तिर डोर्याउदैछन।जनताबाट र जनताले नै चुनेर पठाएका नेताहरुले नेपालको राष्ट्र अहित हुने रास्ट्रघाती सम्झौताका बिरुद्ध खबरदारी गर्दा कारबाही भोग्नुपर्ने जेल जानू पर्ने यो कस्तो लोकतन्त्र ? म एक देश भक्त नेपाली भएर भन्छु एम सी सी राष्ट्रघाती सम्झौता हो म हजार चोटि भन्छु सक्छौ मलाई पक्राउ गर!!
दार्चुलामा भारतिय सुरक्षाकर्मिले तुईन चुडाएर बेपत्ता बनाईएका जयसिङ धामी मर्दा खै बिज्ञप्ति?
सम्बन्धित निकाय के का लागि?
किन नेपाल सरकारले कुटनैतिक पत्राचार गर्न सकेन?
किन नेपाली जनतालाई जवाफ दिनुपर्छ कि नै?
दार्चुलाका विभिन्न क्षेत्रमा भारतिय हेलिकप्टर र सुरक्षाकर्मी नेपालीको भुमी निर्बाध रुपमा प्रयोग गर्दै आएको समाचार छ्यापछ्याप्ती बाहिरिदा, छिमेकी राष्ट्र चिन संग सिमाबिबाद लगाएतका विभिन्न समस्याहरु बाहिरिएका अबस्थामा छिमेकीसंग चुइक्क बोल्न नसक्ने लाचार गृहमन्त्रालय केका लागि?
नेपाल कृषि प्रधान देश हो।किसानलाई जाबो मल उपलब्ध गराउन नसकी अर्काको देशमा भिख माग्नुपर्ने हो भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मन्त्रालय केका लागि?
भौतिक पुर्वाधार बिकाशमा चरम लापरबाही गर्ने कमिसन घुसखोरीको दबदबामा लिप्त,समयमा भौतिक निर्माणलाई सम्पन्न गर्न नसक्ने र गरिएका पुर्वाधार पनि ६ महिनामै जस्ताक्क तस्तै भैइरहेका छन खोई भौतिक पुर्वाधार बिकास मन्त्रालय?
भ्रष्टाचारको छानबिन गर्न नसकेर कार्बाही गरेक्क जस्तो नदेखे जस्तो गरेर अपराधीलाई उन्मुक्ति दिने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग केका लागि?
अपराधी भ्रष्टाचारि बलत्कारी देश बेचुवा को संरक्षक बन्ने न्याय बिक्री हुने हो भने कानुन मन्त्रालय र न्यायपालिका केका लागि ?ब्यबसाय खोलेर आयात निर्यात गर्ने क्षमता राख्न नसक्ने उद्योग, वाणिज्य तथा आपूर्ति केका लागि?
जलस्रोतको धनी देशका हामी जनतालाइ पानी वितरण गर्न नसक्ने अझै जनता टुकिमा बस्नुपर्ने जलस्रोत उर्जा मन्त्रालय केका लागि?
श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय जसले रोजगारको शृजना गर्न सकिरहेको छैन। दिनदिनै नारिहरु असुरक्षित ,बालिका बलत्कारको सिकार भैई बीभत्स हत्या हुँदा पनि सुरक्षा दिन सक्दैन , न्याय दिन सक्दैन ,श्रमको मूल्य निर्धारण गरि रोजगार शृजना गर्न सक्दैन भने श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय केका लागि?
स्वर्ग जस्तो सुन्दर प्रकृतिले र सस्कृतिले भरिपुर्ण देशलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गरेर बुद्ध जन्मेको देश भनेर विश्व सामु चिनाउन नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केका लागि? के साईनबोर्ड मात्र झुन्डाएर देशको ढुकुटी लुट्ने निकाय मात्र हो?
यस्तै हजारौ प्रश्नहरु नेपाली जनताहरुका रहेका छन। परिबर्तनका नाममा २००७,२०३६,२०४६/४७ का आन्दोलन हुँदै २०६२/२०६३ को ठूलो जनाअन्दोलन भए। क्रान्तिका नाममा राजाद्वारा बनाएका भौतिक संरचना धोस्त नगरी क्रान्ति हुदैन भन्दै कलकारखाना, भवन ,टावर,पुल समेत धोस्त पारे हजारौं जनताको बली चडाए छबिलाल दहालबाट पुष्पकमल दहाल हुदै प्रचण्ड बनाउनेहरु अहिले दयनीय जिवन ब्यतित गरिरहेका छन भने हजारौं नेपाली युवायुवतीहरु दैनिक खाडिमुलुकमा पलायन हुन बाध्य बनाईएका छन।सरकारको लाचारीकै काराण सयौं युवाहरु दैनिक मृत्युवरण गरि रातो बाकसमा फर्किन बाध्य भएका छन तर तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ।यता नेताहरु प्रचन्ड,शेर बहादुर देउबा,केपि शर्मा ओलीहरु बिलासी जीवन ब्यतित गर्दै आईरहेका छन।
यतिले पनि नपुगेर अब देशलाई राष्ट्रघाती एम सी सी सम्झौता ६९ अर्वमा देश बेच्न खोजिदैछ खबरदार!!देश बेच्न पाईदैन एम सी सी चाहिदैन।