बागमति प्रदेश- काठमाण्डौ महानगरपालिका स्थित गोकर्णेश्वर नगरपालिकामा कोभिड-१९ पश्चात् भौतिक रुपमा संचालन गर्ने वा नगर्ने बिषयमा इस्टपोल उच्च माध्यामिक बिधालयको सभाहलमा अन्तक्रिर्या कार्यक्रम गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा इस्टपोल बिद्यालयका अध्यक्ष राजेश राईको सभापतित्व तथा नगर प्रमुख सन्तोष चालिसेको सभापतित्वमा भएको थियो।त्यसैगरी वडा न ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भन्डारी,वडा न ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ,जय मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल,सुन्ताखान बिधालयका अध्यक्ष उद्धब बिस्ट,प्याब्सन काठमान्डौ का अध्यक्ष हरिकृष्ण श्रेष्ठ ,विभिन्न बिधालयका प्रमुखहरू , पृन्सिपलहरु, अभिबाबकहरु,शिक्षा समिती लगाएत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो।
टेकेन्द्र ढकाल द्वारा संचालित कार्यक्रममा उपस्थित सम्पुर्णलाई गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्यले स्वागत मन्तब्य द्वारा सम्पुर्णलाई स्वागत गरेका थिए।
अन्तक्रिर्या कार्यक्रममा उपस्थित ब्यक्तित्वहरुले बोल्दै अहिले को विषम परिस्थितिमा के कसरी विद्यार्थीहरुको भौतिक उपस्थितिमा बिद्यालय खोल्न सकिन्छ? भन्ने बिषयमा बुझ्न जरुरी रहेको बताएका थिए।
कार्यक्रमका प्रमुख अथिती तथा नगर प्रमुख सन्तोष चालिसेले बोल्दै आगामी भाद्र १५ गते देखि जसरी पनि बिधालय खोल्नुपर्ने र भौतिक रुपमा विद्यार्थीको उपस्थितिमा बिद्यालय खोल्दा हुन सक्ने खतरालाई ध्यानमा राख्दै सुरक्षाका सामाग्रीहरुको उचित ब्यबस्थापन गरि अगाडि बढिने बताएका छ्न।