बसन्त राज सुब्बा / झापाको कमल गाउँ पालिका वार्ड ३ देवीझोड़ाठाउँमा साउन २५ गते साझ त्यहाँका सागरुक युवाहरु भेला भई देवीझोड़ा युवा समूह गठन भएको छ ।
उक्त भेलाले सो गाउँको विकास सामाजिक सेवा र आपसी आई परेको समस्याहरुमा सामना गर्ने एक साथ रहने उद्देश्य अनुरूप पुरानो ठाउँ देवीझोडा क्षेत्रलाई कबर गर्दै उत्तरमा बोहोरा टोल जनक बहादुर भण्डारी घर देखि दक्षिण बगाने टोलको पैनी किराना र पूर्व कमल खोला भने पश्चिममा प्रगति चौक सम्म समिटिएर युवा गठन गरेको छ ।
भने सो नवगठित समितिमा पदाधीकारी एवम सदस्यहरु क्रमशः अध्यक्ष युव राज गिरी , उपाध्यक्ष हेम बहादुर भण्डारी ,सचिब सन्तोष लिम्बु ,सह सचिब सर्मिला भट्टराई ,कोषध्यक्ष दुर्गा थापा त्यस्तै सदस्यहरुमा सुरोज लिम्बु , उदप विश्वकर्म , तोया घिमिरे , सञ्जय तामाङ , छवि ढकाल , गंगा ढकाल लगायत पछि प्रवासलाई समेट्ने गरी १९ सदस्य युवा समिति गठन गरेको छ ।
भने उक्त नवगठित देविझोड़ा युवा समूहका अध्यक्ष युवराज गिरीले बोल्ने क्रममा आ आफ्नो वार्ड ३ भित्र दाया बाया सामाजिक संस्था क्लबहरु खोलेर सामाजिक काम गरी रहदा आफ्नो टोललाई कसैले नसमेट्को दुःख पोख्दै हाम्रो देवीझोड़ा युवा समूहले अबको दिनमा गाउँ समाजको हितमा हुने उद्देश्यले स्थापना गरेको यो युवा समूहले गर्दै जाने र यसलाई सम्पूर्ण नगठित पदाधीकारी र सदस्यहरुलाई एक जूट भएर अघि बढ़न अवगत गर्दै सम्पूर्ण गाउँबासीको साथ र सहयोग पाउने आशा राख्दै देवीझोड़ा युवा समूहको ऐतिहासिक गठन गर्न सहयोगी सामाजिक व्यक्तित्व बिरेन्द्र कुमार याक्थुङबा सुवास र केराधाप युवा समूहका पूर्व सचिब एवम मिडियाकर्मी बसन्त राज सुब्बालाई हार्दिक धन्यवाद दिएका थिए ।
त्यस्तै अतिथि वीरेन्द्र कुमार याक्थुङबाले सिर्जना युवा क्लब , केराधाप युवा समूह जस्तै यो युवा समूहले पनि समाजमा सकारात्मक काम गर्दै अघि बड़ोस र वर्तमान अवस्थामा
क्लब र संस्था स्थापना भएर पनि पछि निष्क्रिय हुने चलन भईरहेकोले यस्तो नहोस भन्दै नवगठित देवीझोड़ा युवा समूहलाई हार्दिक बधाई दिएका थिए । त्यस्तै अतिथि बसन्त राज सुब्बाले पनि शुभकामना मंतव्य राखेका थिए । अन्त्यमा चियापन कार्यक्रम गरी समाप्त गरेको थियो ।