साउन ११ , कमल / बसन्त राज सुब्बा
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च कमल गाउपालिका वडा २ को वाड समिति गठन कार्य सम्पन्न भएको छ।
प्रमुख अतिथी मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर ईम्बुङ्ग, केन्द्रीय उपमहासचिप दिल कुमार लाओतीको उपस्थितिमा र कमल पा. अध्यक्ष माबोहाङ लिम्बु अम्मरको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर ईम्बुङ्गले सम्बोधन गर्दै विभिन्न जात जातियहरुको पहिचान अस्तित्व बचाई राख्न एकता हुनु पर्ने जोड़ दिएका छन् । हाम्रो समुदाय, मातृभाषा पुखौली भूमि पहिचान सहितको १०+ १ प्रान्त प्राक्तिको लागि एक जुटभई लाग्नु पर्ने राजनीतिक, आर्थिक समृद्ध राष्ट्र निर्माणको लागि सबै पहिचानवादीहरु एक भई लाग्नु पर्ने बताए ।
कार्यक्रममा मंतव्य केन्द्रीय उपमहा सचिप दिल कुमार लाओती ,केंद्रीय सूर्य प्रसाद याक्पादेनले संगठन बारे प्रष्ट पारे ।
कमल वार्ड २ गठन कार्य समिति चयन
अध्यक्ष रमेश खड्का ,
बरिस्ठ उपाध्यक्ष चित्र ब. गुरुङ,
उपाध्यक्ष मीन कुमार कार्की ,
सचिब : तिर्थ पोमु,
सह सचिब;- सहवीर राई,
कोषाध्यक्ष चन्द्रकला राई ,
सदस्यमा दिपक भण्डारी,अक्कल परियार ,गङ्गा राई ,बासु भण्डारि ,कुमार चम्लगाई ,देउ कुमार आङ्देम्बे , सुनिता राई , बिजुली प्रसाद राई लगायत १४ सदस्य समितीको चयन भएको छ। भने लिम्बुवान भोलेन्टियर्स L.V शिभिल कमाण्डर वार्ड २ मा जितेन राई , तेज बहादुर राई कमाण्डर चयन भएका छन् ।
वडा समितिका प्रमुख सल्लाकार जंग बहादुर कुरुङबाङ रहेका छन् ।अतिथिहरु मञ्चका केंद्रीय सदस्य साजन मोते , केंद्रीय उपकमाण्डर तथा कमल इंचार्ज बसन्त राज योङहाङ ,मञ्चका जिल्ला सदस्य नरेन्द्र लावती , कमल मञ्चका पूर्व अध्यक्ष अशोक राई , सिनियर शिभिल कमाण्डर संन्जु मेंनाङम्बो , सामाजिक व्यक्तित्व तथा मिडिया कर्मी वीरेन्द्र कुमार याक्थुम्बा सुवास लगायत उपस्थित रहेको थियो ।
सम्पुर्ण नव निर्बाचित कार्य समितिहरूलाई सभापतित्वले हार्दिक बधाई तथा कार्य सफलताको हार्दिक शुभ कामना दिएका छन । भने कार्यक्रम संचालन कमल सचिब बिजेंद्र मेंनाङम्बोले गरेका छन् ।