कतार - सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक विभाग मुग्लानी सौगातको ८१ औ वाचन डबली तथा २०७ औ भानुजयन्ती सम्पन्न भएको छ।
सन्ध्याग्रुप अल्खोर कतारका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा जुम भर्चुवल मार्फत कार्यक्रम सम्पन्न गरिएको हो।कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, विशेष सल्लाहकार रामजी अधिकारी लगाएतको उपस्थिति रहेको थियोे।
सन २००२ मा स्थापित सामाजिक संस्था सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक विभाग मुग्लानी सौगातले नियमित मासिक वाचन डबलीको ८१ औ वाचन डबली सम्पन्न गरेको हो।वाचन डबलीमा बिश्वभरी छरिएर रहेका साहित्यकारहरु सावित्री गिरि,तारा घिमेरे,मधुसूदन लामिछाने,खेमराज सुवेदी, सानू थपलिया ,पामेल उपाध्याय ,निकेश गिरी,निरन नेपाल,सिताराम थापा,टेकराज थापा, शेखर बस्नेत,चक्र कार्की,प्रेम प्रसाद भट्टराई लगाएतका करिब दुई दर्जन साहित्यकारहरुले आफ्ना रचनाहरु सुनाएर साहित्यिक माहोल तताएका थिए।
कार्यक्रममा आदिकवी भानुभक्त आचार्यको जिवनी संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली ले पढेर सुनाएका थिए भने स्वागत मन्तब्यद्वारा सम्पुर्ण उपस्थितलाई संस्थाका सह कोषाध्यक्ष सन्जिब खातिले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सचिब अर्जुन पौडेल ले गरेका थिए।