दोहा - एन. आर . एन ए ( NCC) कतारको कार्यसमितिमा नव निर्बाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई बधाई तथा पत्रकार महासंघ कतार शाखाका पार्षद सदस्यहरु सहितको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कतारको दोहामा एक कार्यक्रमको आयोजना गरि (एनआरएन ) कतारबाट नव निर्बाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,नेपाल पत्रकार महासंघका पार्सद सदस्यहरु पदम गिरी एनआरएनए( NCC)- महासचिब, दिपजङ्ग शाह - सचिब, सन्तोष क्षत्री( ओम) - कार्यसमिती सदस्य, र पत्रकार पुरस्कारबाट सम्मानित तिलु शर्मा पौडेललाई खादा लगाएर बधाई तथा सम्मान गरिएको थियो।
नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार तिर्थ सङ्गम राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो भने विशेष अतिथिमा एनआरएन ( NCC) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,संस्थाका सल्लाहकारहरु सिताराम थापा, राम प्रसाद पराजुली, लगाएत पार्सद सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न बक्ताहरुले बोल्दै एनआरएनए कतारले आधिकारिकताको लागि र दूतावास सङ्ग समन्वय गर्दै सहजीकरण गरिदिएको खण्डमा कतार र नेपाली समुदाय बिचको सम्बन्ध सुमधुर बनाएर पत्रकारिता गर्न सहज हुने कुरामा जोड दिए । साथै परिषद भन्दा बाहिर पत्रकारिता गर्ने हरुलाई पनि समेटेर अगाडी बढेको खण्डमा संघ कतार अझै शसक्त बन्ने कुरामा जोड दिदै एनआरएनए ( NCC) कतारको नव निर्बाचित कार्यसमिति लाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विशेष अतिथि मुक्तदा मुसलमान आफू र आफ्नो सस्थालाई विषम परिस्थितिमा पनि पत्रकार महासङ कतारले बधाई सङ्गै न्यानो मायाका साथ सम्मान गरीएकोमा धन्यवाद ब्यक्त गरे । उनले आगामी दिनमा पत्रकार र एनसिसि कतार बिच सहकार्य, हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए । त्यस्तै कतारमा रहेका सबै नेपालीहरु माझ एनआरएनए कतारको उदेश्य हरु लैजानु पर्नेमा जोड दिदै नयाँ कार्यसमितिले निम्न बमोजिमका कार्यहरुलाई प्रमुख रुपमा जोड दिने बताए।
१) दोहामा खाना बस्न समस्या भएको खण्डमा ब्यबस्था गर्ने ।
२ ) घर फिर्तीको समस्या भएको खण्डमा टिकटको लागि सहजी करण गर्ने ।
३ ) एनआरएन कतारलाई समुदायमुखी बनाएर लैजाने।
प्रमुख अतिथी तिर्थ संगम राईले बोल्दै विभिन्न काल खण्डमा पत्रकार महासंघ कतारको बारेमा बताउदै अब बन्ने नयाँ परिषद सदस्यहरु पत्रकारिता सम्बन्धि सक्रियता रहोस भन्दै एनआरएन कतारका सम्पुर्ण कार्यसमितिलाई बधाई सहित शुभकामना ब्यक्त गरे ।
त्यस्तै सभापति करिम बक्स मियाँले बोल्दै पत्रकार महासंघ कतारले सबै उपस्थित पार्षद सदस्यहरूबाट विभिन्न सवालहरुलाई प्रमुखतामा राख्दै अगाडि बढ्ने बताउदै सम्पुर्णमा बक्रईदको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
गत शुक्रबार एनआरएनए कतारको नवाैं महाधिवेश सम्पन्न भएको थियो। उक्त अधिबेशन बाट २०२१ -२३ कार्यकालको लागि मोहमद मुक्तदाको अध्यक्षमा ३२ जनाको कार्यसमिति र आइसिसी ८ सदस्यहरु सबैपदमा सर्वसम्मत निर्विरोध निर्वाचित भएका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका सचिब ढाकाराम पौडेल( अर्जुन) ले गरेका थिए।