केरखा ३ साउन (बसन्त राज सुब्बा) - झापाको कमल गाउँपालिका वार्ड ३ अपाङ्गता स्वालम्वन समितिको दोस्रो वार्षिक साधारण सभा एवम जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम वडा नं ३ स्थित शहिद धर्म भक्त माविमा अपाङ्गता स्वालम्वन कमल गाउँपालिका वडा न ३ समिति को दोस्रो वार्षिक साधारण सभा संस्थाका अध्यक्ष देबु चापागाई को सभापतित्व तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमका प्रमुख अतिथि मेनुका काफ्लेले सम्बोधन गर्दै यस समूहले आवस्यक सामग्री लक्षित बर्गलाई प्रत्यक्ष रुपमा उपस्थित भैई बितरण गर्दा खुशी लागेको र कमल गाउँपालिकाले पनि आउने दिनमा अपाङ्ता स्वालम्वनहरु लाई जस्ता सामग्री बितरण गरिने अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।त्यस्तै मंतव्यमा अतिथि कमल गाउँपालिका वडा न. ३ का अध्यक्ष नर प्रसाद दंगाल, , उद्यमशिल महिला जागरण केन्द्रका अध्यक्ष शान्ता दहाल,सन्ध्या गुरुप कतारका पूर्व अध्यक्ष बिरेन्द्र याक्थुम्बा सुबासले आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
कमल गाउँपालिकाका वडामा अपांङता स्वालम्वन समुहले वडामा अपांङता हुनु भएका साथीहरूकाे नजिककाे साथी भएको सुखदुःखमा भेला भई साथ सहयोग गर्दै रहेको , आत्म निर्भरता तालिम , आवश्यक सहायक सामग्री बितरण तथा मासिक बचत समेत संकलन गरि समूह भित्र न्युनतम ब्याजदरमा कर्जा परिचालन गरि सवालम्बि बनाउन हाैसला प्रदान गर्दै आएको अध्यक्ष देबु चापागाईंले बताउदै साथै उपस्थित अतिथिहरुमा मायाको चिनो प्रदान गरीएको थियो । उक्त वार्षिक साधारण सभामा अतिथि वडा सदस्य चक्रबहादुर गुरुङ , आदिबासि जनजाति महासंघ कमल अध्यक्ष छत्रहाङ फागो, दमक अपांङ सहयोग समिति सचिव मदनकुमार बाेहाेरा , दमक अपांङता समिति सदस्य देविबहादुर बस्नेत , शहिद धर्म भक्त मा विका सहायक प्र.अ मधुसूदन अधिकारी , कमल अपांङता समिति उपाध्यक्ष टंक बराल , सहसचिव लङ्क खड्का , जेष्ठनागरिक झापा जिल्ला सदस्य यज्ञश्वर बास्तोला , समावेशी महिला शशक्तिकरण संस्थाका अध्यक्ष गौरा चापागाईं , नेपाल कुष्ठरोग संगति ( एन. एल. एफ. ) झापा प्रतिनिधि , मेची युनिस्काे क्लब अध्यक्ष भिमचन्द्र न्याैपाने , पत्रकार बसन्त राज सुब्बा लगायत उपस्थित रहेको थियो ।
कमल गाउँपालिका वडा न ३ निवासी समाजसेवी व्यक्तित्वहरुको उपस्थितिमा दृष्टि बिहिन सहायक सामग्री सेतो छडी , लिटो पिठो , डाइपर बितरण तथा जेष्ठनागरिक सम्मान कार्यक्रम गरिएको र हरेक दुइ वर्षमा नयाँ नेतृत्व चयन गरिने आगामि तेस्रो वार्षिकोत्सब र अधिवेशनसंगै गरिने सचिव सरस्वती बस्नेतले बताउनु भयो ।