दोहा । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ राष्ट्रिय महाधिवेशन-२०२१ सम्पन्न भएको छ ।
नेपाली दूतावासको सभा हलमा र जुम मार्फत सम्पन्न कार्यक्रम कतारका लागी नेपाल सरकारका राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यता तथा सङ्घका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा सम्पन्न भएको हो ।
राष्ट्रिय गान, दीप प्रज्वलन सहित शुभारम्भ गरिएको कार्यक्रममा सङ्घका उपाध्यक्ष कुमार खड्काले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत डा.भारद्वाजले (एनआरएनए ) कतारले बिगत लामो समय देखी गरिरहेको नेपाली हरुको हक हित तथा सहयोगको कार्य अतुलनीय रहेको बताए ।
जव विश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को पहिलो लहरले कतारमा पनि रहेका नेपालीहरु हरु समस्या परिरहेको बेला एनआरएनए कतारले भौतिक रूपमा उपस्थिति जनाएर खाद्यान्न सहयोग, घर फिर्ताको लागि टिकट, अक्सिजन सिलिन्डर निसुल्क स्वास्थ परिक्षण लगायतका महत्त्वपूर्ण सहयोग गरेको थियो । यस्ले गर्दा नेपाल सरकार स्वास्थ मन्त्रालय लगायत बाट एनआरएनए कतार र यहाँका नेपाली हरुको उच्च मुल्यांकन गरेको बताए ।
त्येस्तै कतारमा आएपछि हामि नेपालीले यहाँको धर्म, संस्कृति, परम्परा र मान्यताविपरित कुनै पनि कार्य नगर्न आग्रह गरे ! तर यहाँ निकालिएका केही गीत सोभनिय नभएको बताउदै अझैपनि उक्त गीत युटुव बाट नहटाएको भए कार्बाही हुनसक्ने प्रती सचेत गराए ।
मन्तव्यका क्रममा आफूले खेलकुद तथा संस्कृति मन्त्रालयमा भेटघाट गरी कतारमा नेपाली समुदायको लागि सॉस्कृतिक भवन निर्माणको लागी पहल गरिरहेको जानकारी दिए । एनआरएनए कतार विश्वमै उत्कृष्ट समिति रहेको बताउँदै नेपाली समुदाय बीचको राजनीतिक विभाजनलाई चिर्नु पर्ने बताए ।
तर पछिल्लो समय नेपालमा विकसित राजनीति घटना सस्थामा देखिएको बताउदै राजनिति धुर्बीकरणले कसैलाई फाइदा नहुने जानाकारी गराए ।
आफू कतारमा राज्यको प्रतिनिधित्व गरेर आएपछि नेपालमा राज्य सत्तामा को आयो भन्दापनि यहाँका नेपालीलाई के गर्न सक्छु भन्ने सोच रहेको बताए । एनआरएनए कतार र नेपाली दूतावास एक अर्काका पुरक रहेको भन्दै नयाँ आउने टिम अझ ससक्त बनोस भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आईसीसी अध्यक्ष कुमार पन्त, नेपाली दूतावास कतारका द्दितीय सचिव प्रबिण भट्टराई,आईसीसी उपाध्यक्ष डा. बद्री केसी , आईसीसी महासचिव हेमराज शर्मा , आईसीसी सचिव आरके शर्मा , आईसीसी प्रवक्ता डीबी क्षेत्री , आईसीसी सल्लाहकार टीबी कार्की , मध्यपुर्ब संयोजक प्रबीन गुरुङ लगायत विभिन्न तह र तप्काका उच्च पदाधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
त्येस्तै सङ्घले विभिन्न कलाकारहरू, कोरोना महामारीमा राहत वितरणमा विशेष सहयोग पुऱ्याउने व्यक्ति तथा संघ सस्थालाई पनि सम्मान गरेको थियो ।
सङ्घको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कारमा २०१९-२०२१ को”साहित्य पुरस्कार” दीप मिलन र “पत्रकारिता पुरस्कार” तिलु शर्मा र “स्वास्थ्य तथा खेलकुद” पुरस्कार ईन्तखाब अहमद प्रदान गरेको थियो ! त्यस्तै सङ्घ कतारले नेपाली नियोग कतारलाई समेत आधार पत्रले सम्मान गरेको थियो ।
सङ्घका कोषाध्यक्ष विनोद प्रसाद बसौलाले एनसिसि कतारमा ६ लाख ४७ हजार ६ सय ८६ रियाल बचत रहेको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव पदम गिरीले कार्य प्रगति विवरण पेश गरेका थिए भने कार्यक्रमको सहजीकरण पनि उनै सङ्घका महासचिव पदम गिरीले गरेका थिए ।
यो पाली एनआरएनए कतारको कार्यसमिति पदको लागि र आइसिसी सदस्यहरुको सबैपदमा सर्वसम्मत निर्विरोध निर्वाचित भएका छ्न । जसमध्ये आइसिसी सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का, अर्षद हुसेन मु, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, तेज कटुवाल, मदसिर नजर रहेका छ्न ।
नव निर्वाचित कार्यसमितिको विवरण
अध्यक्ष- मोहम्मद मुक्तदा मुसलमान
प्रथम उपाध्यक्ष- जैवी राई
द्धितिय उपाध्यक्ष- प्रेम चलाउने
महिला उपाध्यक्ष- अम्बिका खत्री,
महासचिव- पदम गिरी
सचिवद्धय- रबिन थापा मगर र दीप जङ्ग शाह
कोषाध्यक्ष- विनोद प्रसाद बर्सौला
सह- कोषाध्यक्ष- बालकृष्ण न्यौपाने
महिला संयोजक- नानु घले ब्लोन
युवा संयोजक- डेक ब. भारती (सुमन)
कार्यसमिति सदस्यहरू – सेवक बिक, खड्का बहादुर पा फागो, ओम बहादुर क्षेत्री (सन्तोष), सविन्द्र श्रेष्ठ, तारानाथ बास्तोला, नारायणप्रसाद ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, विष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद ईन्जाद आलम, अब्दुलखालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, राम बाबु यादव, अगन्धर देवकोटा र मोहम्मद मेराजुद्दिन ।
लेखा समिति संयोजक- सन्तोष रेग्मी,
सदस्यद्धय- टिकाराम गौतम (अमित) र गणेश भट्ट रहनु भएको छ ।
कार्यक्रममा एनआरएनए कतारको नवाैं महाधिवेश बाट पुनः दोस्रो कार्यकालका लागी निर्विरोध निर्वाचित अध्यक्ष मुक्तदाले आफ्नो पछिल्लो कार्यकालमा सङ्घको लोकप्रियता विश्वभर बढेको बताउदै आगामी दिनमा सङ्घलाई श्रमिकमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष मुक्तदाले आफ्नो २ बर्से कार्यकाल सफल बनाउन र पुनः नेतृत्वमा पुग्न साथ सहयोग र समन्वय गर्नेसबैमा धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरिएको थियो ।